२३ असार २०८३, मंगलवार
,
Latest
५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहंकारी सरकारबाट जनताले छिटै मुक्ति पाउँछन् : नेपाली कांग्रेस



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अहंकारी भएको बताएको छ ।  सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्य मीनेन्द्र रिजालले अहंकारी सरकारबाट जनताले छिटै मुक्ति पाउँने बताएका हुन । 

रिजालले भने, ‘अहंकारी सरकारबाट जनताले छिटै मुक्ति पाउँछन्।’

उनले प्रतिनिधि सभा विघटन गर्न नमिल्ने बताएका छन् । अदालतबाट न्याय मिल्ने पनि उनको भनाइ थियो।

सरकारले ल्याएको बजेट लोकप्रिय छ ? भन्ने प्रश्नमा उनले बजेट वा सरकार लोकप्रिय होला भन्ने चिन्ता कांग्रेसले नगरेको बरू जनताको चिन्ता गरिरहेको बताए।

‘यो सरकार लोकप्रिय होला भन्ने चिन्ता छैन, बरू जनताको चिन्ता हो,’ उनले भने, ‘जनता कोरोना महामारी र बढ्दो महँगीमा छन्।’