२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जान्छौ : नेता कर्ण

८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जान्छौ : नेता कर्ण
अ अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफुहरु सरकारमा जाने बताएका छन् । सोमबार प्रधानमन्त्री केपी ओलीलाई भेट्न पुगेका कर्णले आफुहरु ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने बताएका हुन् । 

पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायतका नेताहरुले प्रधानमन्त्री ओलीसंग भेटवार्ता गरेका थिए । बैठक १० बजेदेखि २ बजेसम्म चलेको थियो ।

भेटमा मुद्दा फिर्ता र सरकारमा सहभागीताका विषयमा छलफल भएको नेता कर्णले जानकारी दिए । 'प्रधानमन्त्रीले सरकारमा आउनुस्, सँगै काम गरौं भन्नुभयो । हामीले पार्टीमा आपसमा कुरा गरेर भन्छौं भनेका छौं,' नेता कर्णले भने ।

'सरकारमा त जाने नै हो, ८ मन्त्री र २ राज्यमन्त्री लिने भनेर अध्यक्ष महन्थजीले भनिसक्नुभएको छ,' उनले भने, 'हाम्रो पार्टीमा पनि विवाद छ, त्यसलाई लिएर छलफल पछि भोलिपर्सीमा भन्छौं भनेका छौं ।'

मधेस आन्दोलन र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्तामाथि लागेका केही मुद्दा फिर्ता लिने प्रविधिक काम पूरा भएपछि सरकारमा सहभागीताबारे निर्णय लिइने उनले बताए । बैठकमा दुवै तर्फबाट कार्यदलका सदस्यको पनि सहभागीता थियो । कार्यदलमा सुवास नेम्वाङ, राजन भट्टराई सर्वेन्द्रनाथ शुक्ललगायत रहेका छन् ।