काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रिय सभामा रिक्त पदका लागि भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयमा मत गन्न थालिएको हो ।
दाङको घोराही उप–महानगरापालिकास्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।
मतदानमा २९७ भोट खसेको छ । मतदानमा प्रदेशसभाका ८३ र स्थानीय तहका गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिका प्रमुख–उपप्रमुखले २१४ जनाले मतदान गरे ।
निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार रहेका छन् । पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार छन् ।











