१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा ड्रागन बोट फेस्टिभल: तीन दिनमा १० करोड ६० लाखले भ्रमण गरे



अ+ अ-

बेइजिङ । चीनमा तीन दिने ड्रागन बोट फेस्टिभल बिदामा कुल १० करोड ६० लाख आन्तरिक पर्यटकले भ्रमण गरेको जनाएको छ ।

यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा ३२.३ प्रतिशतले बढी रहेको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

बिहीबारदेखि शनिबारसम्म चल्ने बिदाको अवधिमा पर्यटन राजस्व ३७.३१ अर्ब युआन (लगभग ५.२ अर्ब अमेरिकी डलर) पुगेको छ । यसबाट राजश्व वृद्धि वार्षिकरूपमा ४४.५ प्रतिशतले बढेको पाइएको छ ।रासस