२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

श्रमिकको जीविकोपार्जको व्यवस्था गर्न सरकारसँग आग्रह

श्रमिकको जीविकोपार्जको व्यवस्था गर्न सरकारसँग आग्रह
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट उत्पन्न सबै असरको सम्बोधन गर्न र श्रमिकको जीविकोपार्जको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले नागरिकमाथि दुव्र्यवहार नगर्न, व्यक्तिको जीवन, स्वास्थ्य र दैनिक जीवनमा अत्यावश्यक पर्ने सेवा, वस्तुको पहुँच, आपूर्ति व्यवस्थापन तथा नियमन गर्न, अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको मनोबल उच्च राख्नसमेत सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखे्रलले आज जारी गरेको प्रेस विज्ञप्तिमा न्यून आर्जन भएका श्रमिक तथा ज्याला मजदूरी गरी जीवनयापन गर्ने वर्गको पहिचान गरी निजहरुका लागि जीविकोपार्जनका आवश्यक कार्यक्रमको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरिएको छ ।
 
कोभिड–१९ बाट उत्पन्न वर्तमान सङ्कटको परिस्थितिमा आमनागरिकको स्वास्थ्य उपचारलगायत विभिन्न अधिकारको अवस्था जोखिममा पर्न गएको अवस्थाप्रति आयोगले अनुगमन गरिरहेको छ । आयोगको अनुगमनबाट कास्की, मोरङ, झापालगायत जिल्लामा अक्सिजन, आइसियु तथा भेन्टिलेटरको अभावमा मान्छेको ज्यान गएको पाइएको छ ।  
 
मधुमेहलगायत अन्य दीर्घरोगीले नियमित सेवन गर्नुपर्ने औषधिको अभाव देखिएको र व्यवसायीले हालको मूल्यमा सिटामोल उत्पादन गर्न नसकिने बताएको, प्रदेश नं १ का पहाडी जिल्लामा पिसिआर परीक्षणको व्यवस्था हुन नसकेको, खाद्यान्न तथा औषधिको आपूर्तिमा कमी हुँदा अभाव देखिन थालेको, साथै केही जिल्लामा निषेधाज्ञाको वा अन्य समयमा पसल खोल्दा प्रहरीबाट कानूनबमोजिम कारबाही नगरी निर्घात कुटपिट तथा दुव्र्यवहार गरेको जनगुनासो आएको आयोगले जनाएको छ ।
 
गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण हुन नसकेको तथा दुई वर्षमुनिका बालबालिकाले नियमित खोप लगाउन नपाएको, मोरङको विराटनगरमा सञ्चालित कोभिडविरुद्धको खोप लक्षित वर्गभन्दा अन्यले लगाएको भनी विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन हुनाका साथै आयोगको अनुगमनका क्रममा समेत पाइएको छ ।

अग्रपङ्क्तिमा खटिने सबैलाई सङ्घीय सरकार तथा प्रदेश सरकारबाट निर्णय भई जोखिम भत्ताको व्यवस्था भए पनि कतिपय ठाउँमा लक्षित वर्गले प्राप्त गर्न नसकेको र कोभिड–१९ को महामारीको उपचारारार्थ अहोरात्र खटिएका स्वास्थ्यकर्मी तथा अस्पतालका स्वास्थ्य उपकरणमाथि बिरामीका आफन्तबाट आक्रमण तथा दुव्र्यवहारका घटना भइरहेको अनुगमनले देखाएको छ ।
 
निषेधाज्ञाको समयमा ज्याला मजदूरी गरी खाने श्रमिक, गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिमा मानसिक असर परेको र यस प्रकारका समस्या सम्बोधन गर्ने खालका कार्यक्रम तथा विशेष पहल हुन नसकेको पाइएको छ । त्यस्तै विभिन्न हिरासत, थुनुवा कक्ष तथा कारागारमा क्षमताभन्दा अत्यधिक बढी कैदीबन्दी राखिएकाले कोरोना सङ्क्रमण हुन सक्ने डर–त्रास रहेको रहेको पाइएको छ । रासस