१ आश्विन २०८३, बिहीबार
,
Latest
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमित गर्भवती महिलाले आफ्नो हेरबिचार कसरी गर्ने ?



अ+ अ-

काठमाडौं । वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. संगीता मिश्रले गर्भवती महिलाले आफ्नो र हुनेवाला बच्चाको ख्याल कसरी गर्ने बारे केही टिप्स दिनुभएको छ । यस्तो छ उपयोगी टिप्सहरु :

१) कोरोना संक्रमित गर्भवती महिलाले सबैभन्दा पहिले अफैलाई एउटा छुट्टै कोठा र छुट्टै शौचालय  भएको स्थानमा बस्नु पर्छ । घरपरिवारको अन्य सदस्यहरुसँग घुलमिल गर्नु हुँदैन ।

२) छुट्टै बस्दाखेरि गर्भवती महिलाले आफ्नो ज्वोरो बेलाबेलामा नाप्ने र आफ्नो जिउमा अक्सिजनको मात्रा कति छ थाहा पाउनको लागि पल्स अक्सिमिटरबाट नाप्नु पर्छ । 

३) यदि कुनै पनि बेला तपाईँलाई ज्वरो आयो अथवा अन्य हल्का खोकी लाग्यो भने तपाईँले स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न सक्नु हुन्छ पा सिटामोलको प्रयोग गर्न सक्नु हुन्छ । 

४) यस बाहेक तपाईँले आफ्नो पोषणमा ध्यान दिनुपर्छ । पोषण भनेपछि तपाईँको भोजनमा अन्न। फलफुल, तरकारी, माछामास, अण्डा र दुधको पदार्थहरु हुनुपर्दछ । 

५) कुनैपनि बेला तपाईँलाई आइसोलेसनमा बस्दाखेरि सास लिन गाह्रो भयो अथवा अत्याधिक ज्वरो आएमा, अक्सिजनको मात्रा मा भएमा तुरुन्तै नजिकको स्वास्थ्य केन्द्रमा जानुपर्दछ । 

६) यदि तपाईँलाई पेट दुखिराखेको छ अथवा तपाईँको बच्चा कम चलिराखेको छ अथवा तपाईँको रक्तस्राव (ब्लिडिङ) वा पानी गइरहेको छ भने तपाईँले स्वास्थ्य संस्थामै  जानुपर्दछ ।