काठमाडौं । वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. संगीता मिश्रले गर्भवती महिलाले आफ्नो र हुनेवाला बच्चाको ख्याल कसरी गर्ने बारे केही टिप्स दिनुभएको छ । यस्तो छ उपयोगी टिप्सहरु :
१) कोरोना संक्रमित गर्भवती महिलाले सबैभन्दा पहिले अफैलाई एउटा छुट्टै कोठा र छुट्टै शौचालय भएको स्थानमा बस्नु पर्छ । घरपरिवारको अन्य सदस्यहरुसँग घुलमिल गर्नु हुँदैन ।
२) छुट्टै बस्दाखेरि गर्भवती महिलाले आफ्नो ज्वोरो बेलाबेलामा नाप्ने र आफ्नो जिउमा अक्सिजनको मात्रा कति छ थाहा पाउनको लागि पल्स अक्सिमिटरबाट नाप्नु पर्छ ।
३) यदि कुनै पनि बेला तपाईँलाई ज्वरो आयो अथवा अन्य हल्का खोकी लाग्यो भने तपाईँले स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न सक्नु हुन्छ पा सिटामोलको प्रयोग गर्न सक्नु हुन्छ ।
४) यस बाहेक तपाईँले आफ्नो पोषणमा ध्यान दिनुपर्छ । पोषण भनेपछि तपाईँको भोजनमा अन्न। फलफुल, तरकारी, माछामास, अण्डा र दुधको पदार्थहरु हुनुपर्दछ ।
५) कुनैपनि बेला तपाईँलाई आइसोलेसनमा बस्दाखेरि सास लिन गाह्रो भयो अथवा अत्याधिक ज्वरो आएमा, अक्सिजनको मात्रा मा भएमा तुरुन्तै नजिकको स्वास्थ्य केन्द्रमा जानुपर्दछ ।
६) यदि तपाईँलाई पेट दुखिराखेको छ अथवा तपाईँको बच्चा कम चलिराखेको छ अथवा तपाईँको रक्तस्राव (ब्लिडिङ) वा पानी गइरहेको छ भने तपाईँले स्वास्थ्य संस्थामै जानुपर्दछ ।











