२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरको बजेटः ६ अर्ब ५० करोड



अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

आइतबार मानभवनको एक पार्टी प्यालेसमा आयोजित नगरसभामा महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

महानगरले पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार, चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार प्राप्त हुने अनुमान छ ।

राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब प्राप्त हुने उपप्रमुख शाक्यले जानकारी दिइन् । यस्तै, १० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरिएको छ ।

महानगरले बजेटमा सडक पूर्वाधार र सम्पदामा जोड दिएको छ । साथै, विपद व्यवस्थापन डिआरआर सव–सेन्टर स्थापना तथा संचालन, पाटन दरबार इलिमिनेसन प्रोजेक्ट–हरियालीरपार्क निर्माण जस्ता कुराहरुलाई बजेटमा प्राथामिकताका साथ राखिएको छ ।