१ आश्विन २०८३, बिहीबार
,
Latest
कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्तीजन्य पदार्थलाई नियन्त्रण गर्न सरकारको योजना, १० हजार देखि १ लाख रुपयाँसम्मको जरिवाना



अ+ अ-

काठमाडौं । सरकारद्वारा सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न एन २०६८ का प्रावधानहरु पूर्णरुपमा पालना गर्न आग्रह गरेको छ । सुर्तीजन्य पदार्थ सेवन, बक्री वितरण, प्रदर्शन गर्नलाई जरिवाना र सजाय तोकिदिएको छ । त्यसैले राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रले  यसबारे शिक्षासहितको सुचना सार्वजनिक गरेको छ ।

सार्वजनिक स्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवन गरे वापत १ सय रुपयाँ जरिवाना वा हाताबाट निष्काशन वा दुवै गरिने जनाइउको छ । त्यसैगरी कुनै पनि सञ्चार माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन, कार्यक्रम, समाचार, सूचन सम्प्रेषण वा प्रयोजन गर्न १ लाख रुपयाँसम्म जरिवाना उपलब्ध गराउनु पर्ने जानकारी दिएको छ । 

१८ वर्ष नपुगेका व्यक्ति र गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न, गराउन वा निशुल्क उपलब्ध गराउन पाइने छैन । यदि यसो गरेको खण्डमा ती व्यक्तिले १० हजार रुपयाँसम्मको जरिवाना तिर्नु पर्नेछ ।

कुनै पनि पसलमा सुर्तीजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्नेलाई १० हजार रुपयाँसम्मको सजाय सुनाइएको छ भने फुटकर रुपमा चुरोट र बिडीँ वा सिगारको खिल्ली बिक्री वितरण गर्दा सोही रकम बराबरको जरिवाना हुनेछ । कसैले पनि निशुल्क रुपमा सुर्तीजन्य पदार्थ वितरण गर्न वा उपहार दिन समेत नपाइने भएकोले यसो गरेको पाइएमा १० हजार रुपयाँसम्मको जरिवाना भर्नु पर्नेछ । 

साथै कार्यलय वा सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्ती सेवन निषेधको सुचना नटासिएको खण्डमा ५ हजार रुपयाँसम्म जरिवाना र सजाय व्यहोर्नु पर्नेछ । यस्तै सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न इजाजत पत्र अनिवार्य हुनुपर्नेमा सरकारले जोड दिएको छ । यति कसैसँग नभएमा १० हजार रुपयाँसम्म जरिवाना तिर्नु पर्छ ।