१५ आश्विन २०८१, मंगलवार
,
Latest
सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ स्थगित नेपाल अमेरिकाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारी बाढीबाट पुल भासिँदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित बाढी–पहिरो र डुबान : मृतकको संख्या २ सय १७ पुग्यो मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन स्थलगत रिपोर्ट : सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति स्थलगत रिपोर्ट : राजमार्गमा दृष्य एक, पीडा अनेक बाढीपहिरो प्रभावितका लागि राहत कोषमा एक अर्ब उपलब्ध गराइने, तीन दिने राष्ट्रिय शोक घोषणा दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलहरी जाँच्न अख्तियारको टोली पशुपतिनाथ पुग्यो



अ+ अ-

काठमाडौँ । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेको छ ।

जलहरी राख्दा अनियमिमता भएको समाचार बाहिर आएपछि अख्तियारले त्यसबारे छानबिन थालिरहेको छ ।

आइतबार दिउँसो १ देखि २ बजेसम्म नापजाँच गर्ने भन्दै अख्तियारको टोली पशुपतिनाथ मन्दिरमा पुगेको हो । अख्तियारको टोलीमा खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न छन् । उनीहरूले जलहरीको तौल, सुनको गुणस्तर, तोकिएभन्दा कम रहेरनरहेकोलगायत विषयमा परीक्षण गर्ने बुझिएको छ ।

जलहरीमा ११ केजी सुन घोटाला भएको र त्यसमा कोषकै पदाधिकारी संलग्न रहेको समाचार बाहिर आएको थियो ।