६ श्रावण २०८३, बुधबार
,
Latest
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको विधान अधिवेशन आजदेखि



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)को आजबाट विधान अधिवेशन सुरू हुने भएको छ ।

पार्टीको हिजो बसेको बैठकले मस्यौदा विधानलाई अनुमोदन गरे पछि आजको विधान महाधिवेशनमा पेश हुन लागेको हो । संघीय परिषद् खारेज गरिएको प्रस्तावित विधानमार्फत जसपा नेपाल पुनः एकल नेतृत्वतर्फ फर्किँदै छ ।

पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार अधिवेशन आजदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु हुनेछ । जसमा केन्द्रीय कमिटीका ४१० सदस्य तथा प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरि तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन ।

विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । भालि प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ र असार १२ गते विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्य तालिका बनाइएको छ ।