५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलारुसका राष्ट्रपतिको आग्रहमा मस्को प्रवेश नगरी फर्कियो रुसको बिद्रोही सेना



अ+ अ-

एजेन्सी । रुसमा बिद्रोह गरिरहेको निजी सैन्य कम्पनी वागनर ग्रुपले राजधानी मस्कोमा प्रवेश नगर्ने सहमति गरेको छ । रुसका दुई वटा सहर कब्जा गरी मस्कोतर्फ अघि बढेको वजागनरले रक्तपान नहोस भन्ने उद्देश्यले मस्को प्रवेश नगरी फर्केको हो ।

बागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिनले आफ्नो टेलिग्राम च्यानलमा एक अडियो सन्देशमार्फत उनले उक्त जानकारी दिएका छन् । रोसिया २४ न्यूज च्यानलका अनुसार बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेकोले युवगेनी प्रिगोजिनसँग कुराकानी गरेको र प्रिगोजिन आफ्ना लडाकुलाई रोक्न तथा अवस्था बिग्रन नदिनका लागि सहमत भएका हुन् ।

यसैबीच युक्रेनविरुद्ध १६ महिनाअघि सुरु भएको रुसको विशेष सैन्य अभियानले अब निर्णायक मोडमा पुगेको बताइएको छ । युद्ध यतिबेला त्यो अवस्थामा पुगेको छ । जहाँ रुसका राष्ट्रपति भलाद्मिर पुटिनको सत्तामाथि नै चुनौती  हुने अवस्था सिर्जना भएको आंशका व्यक्त गरिएको छ ।

रुसी राष्ट्रपति पुटिनले वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिनमाथि सशस्त्र बिद्रोह गरी रुसलाई धोखा दिएको आरोप लगाएका छन् । रुसका निकै महत्वपूर्ण व्यक्तिमध्येका एक प्रिगोजिनले भने सैन्य बिद्रोह नभइ आफूले न्यायका लागि काम गरिरहेको दाबी गरेका छन् ।

युक्रेनका विरुद्ध रुसको सैन्य अभियानमा प्रिगोजिन तथा उनको निजी सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यो युद्धका अवधिमा उनको निजी आर्मीका हजारौँ लडाकुहरु रुसका तर्फबाट जमिनबाट गरिने लडाइमा भाग लिएका छन् । जसमध्ये अधिकांशको नियुक्ति रुसका जेलबाट भएको थियो । यद्यपि युक्रेनविरुद्धको युद्धभन्दखा अघि उनको निजी आर्मीले रुसका लागि महत्पूर्ण भूमिका निर्वाह गर्दै आएको थियो ।

युक्रेनका विरुद्ध युद्धका अवधिमा संघर्षको नेतृत्व सम्हालिरहेका सेनाका प्रमुखसँग उनको विवाद नयाँ भने होइन । तर यो विवाद यतिबेला बिद्रोहको रुप लिइरहेको बुझ्न सकिन्छ । पूर्वी युक्रेनको सीमा नजिकै तैनाथ वागनर ग्रुपका लगाकुहरु सीमा पार ष्गरी दक्षिणी रुसको सहर रोस्तोव अन डानमा प्रवेश गरिसकेका छन् । उनीहरुको दाबी अनुसार उनीहरु त्यहाँ रहेका सैन्य स्थलहरुलाई नियन्त्रणमा लिइसकेका छन् ।