२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँगको हारसँगै नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो



अ+ अ-

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल समूह चरणबाटै बाहिरिएको छ । बैंगलोस्थित श्री कान्तीरवा मैदानमा भर्खरै सम्पन्न खेलमा भारतसँग २–० गोलले पराजित भएसँगै नेपालको उपाधि यात्रा समाप्त भएको हो ।

भारतलाई जित दिलाउन खेलको ६१ औं मिनेटमा सुनिल क्षेत्रीले तथा ७० औं मिनेटमा महेश सिहंले गोल गरे । सुनिलले महेश सिंहले क्रस गरेको बललाई ट्याप गर्दै गोल गरे । उनको यो भारतको लागि ९१ औं गोल हो ।

यस्तै, सुनिलले डी–बक्स भित्र नेपाली डिफेन्डरलाई बिट गर्दै प्रहार गरेको बल नेपालका गोलरक्षक किरण चेम्जोङले बचाउ गर्दा क्रसबारमा लागेर फर्किएको थियो । उक्त बललाई महेशले हेडरमार्फत गोल गरेका हुन् ।

पहिलो हाफमा भारतलाई शून्य गोलमा रोकेको नेपालले दोस्रो हाफमा भने दुई गोल खान पुगेको हो । जितसँगै भारत भने नकआउट चरणमा प्रवेश गरेको छ ।

नेपालले अब अन्तिम खेल २७ जुनमा पाकिस्तानसँग खेल्नेछ । नेपालको समूहमा भारत, कुवेत र पाकिस्तान रहेका छन् । त्यस्तै समूह ‘बी’मा लेवनान, बंगलादेश, माल्दिभ्स र भुटान रहेका छन् ।

प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल ४ जुलाईमा हुनेछ । कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा सहभागिता जनाएका हुन् ।