२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरपालिका १० का स्थानीय नागरिकलाई शेयर सम्बन्धी तालिम प्रदान



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा–१० ले स्थानीय नागरिकलाई “शेयर सम्बन्धी प्रशिक्षण” तालिम प्रदान गरेको छ ।

सो वडाले काठमाडौँ महानगरपालिकाको सहयोग र नेपाल शेयर धनी सङ्घको सहजीकरणमा आयोजित प्रशिक्षणमा करिब एकसय भन्दा बढि स्थानीय विद्यार्थी, बुद्धिजिवी, व्यवसायी, किसानलगायत सबै वर्गका नागरिकले सहभागिता जनाएका थिए ।

महानगर–१० का अध्यक्ष रामकुमार केसीले वडाले स्थानीय नागरिकको सुख सुविधाका लागि निरन्तर प्रदान गरिने सेवालगायत विभिन्न सिपमुलक तालिमको पनि प्रदान गर्दै आएको जानकारी दिँदै वित्तिय साक्षरताले पनि नागरिकको जीवनस्तर उकास्न मद्दत मिल्ने भएकोले विभिन्न निकायसँग मिलेर शेयर सम्वन्धी तालिमको आयोजना गरिएको बताए।

सो प्रशिक्षणका संयोजक लता चन्द शाहले स्थानीयलाई वित्तिय साक्षरता तालिम प्रदान गर्ने क्रममा महानगर–१० ले शुक्रवार र शनिवार शेयर किनवेच सम्वन्धी सम्वन्धीत विज्ञमार्फत तालिम प्रदान गरेको जानकारी दिइन् ।

उनले शेयर किनबेच गर्नेबारे सामान्य जानकारी सबैले पाएका छन् तर त्यसमा लगानी गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण जानकारी विज्ञमार्फत दिएर स्थानीयलाले शेयरबजारबाट फाइदा लिन सकुन भन्ने लक्ष्यले तालिम दिइएको बताइन् ।

प्रशिक्षणमा सहभागी स्थानीयलाई आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा।लिमा आवद्ध प्रशिक्षकहरूलगायत अमुल्य आचार्य, मुक्ति अर्याल, तिलक कोइराला, सुवासचन्द्र भट्टराई, युवराज भुसाललगायतले शेयर किनवेच गर्ने प्रक्रिया, यसका लागि आवश्यक जानकारी, यसको फाइदा र नोक्सानीको अवस्थाबारे जानकारी दिएका हुन् ।