६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकीय गन्तव्य: विश्व रामसार सूचीमा सूचीकृत बीस हजारी ताल



अ+ अ-

विसं २०५२ देखि परिचयमा आएको बीस हजार ताल चितवन जिल्लाको भरतपुर महानगरपालिकामा पर्छ । यस तालको कूल क्षेत्रफल पाँच हजार ७८१ हेक्टर छ। 

बिस हजारी ताल विश्व रामसार सूचीमा सूचीकृत भएको प्रख्यात पर्यटकीय गन्तव्य हो । यहाँ तालमा रहेका गोही, वरिपरिको सामुदायिक वन, गैँंडा, बाघलगायत विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गीले पर्यटकको मन तान्ने गर्दछ । 

तालसम्म पुग्ने जङ्गलको बाटोमा दायाँबायाँ मृग, बँदेल, गैँडा, जरायो पाइन्छन् । जङ्गली जनावरका साथै विभिन्न प्रजातिका चराचुरुङ्गी ताल वरपर देख्न सकिन्छ ।

विभिन्न राष्ट्रबाट बसाइसराई गरी आउने मौसमी चराहरुको आश्रयस्थल यस तालमा गोही, माछा, अजिङ्गरसमेत पाइन्छ । त्यसैगरी गैँडा, हरिण, रतुवा, बाँदर, पाटेबाघ समेत देख्न सकिन्छ ।

ताल वरपर २६ प्रजातिका वन्जयन्तु, २७३ प्रजातिका चरा, २५ प्रजातिका माछा र १३१ प्रजातिका बोटबिरुवा रहेको तथ्याङ्क छ ।

वि।सं २०२२ मा पूर्वी चितवनबाट ल्याइएको नहरका कारण निर्माण भएको यस ताल बिरुवामा पानी राख्ने हजारीबाट विकसित भई बीस हजारी ताल भनी नामकरण गरिएको हो । 

त्यस्तै खगेरी नहरको मुहानबाट बिसहजारी तालसम्मको दूरी २० हजार फिट रहेको हुँदा पनि यसलाई बीस हजारी ताल भनिएको भन्ने भनाइ छ ।

तालमा भएको जलकुम्भी तथा काँडेझार हटाई संरक्षण गर्न सके नाइट सफारी केन्द्रका रुपमा यसलाई विकास गर्न सकिने बताइएको छ । बरण्डाभार मध्यवर्ती सामुदायिक वनको मातहतमा पर्यटकको प्रचुर संभावना बोकेको यस ताललाई संरक्षण गर्ने हो भने बर्सेनि हजारौँको सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने देखिन्छ ।

तस्वीरहरू – सञ्जीब पाण्डे