१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकीय गन्तव्य: विश्व रामसार सूचीमा सूचीकृत बीस हजारी ताल



अ+ अ-

विसं २०५२ देखि परिचयमा आएको बीस हजार ताल चितवन जिल्लाको भरतपुर महानगरपालिकामा पर्छ । यस तालको कूल क्षेत्रफल पाँच हजार ७८१ हेक्टर छ। 

बिस हजारी ताल विश्व रामसार सूचीमा सूचीकृत भएको प्रख्यात पर्यटकीय गन्तव्य हो । यहाँ तालमा रहेका गोही, वरिपरिको सामुदायिक वन, गैँंडा, बाघलगायत विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गीले पर्यटकको मन तान्ने गर्दछ । 

तालसम्म पुग्ने जङ्गलको बाटोमा दायाँबायाँ मृग, बँदेल, गैँडा, जरायो पाइन्छन् । जङ्गली जनावरका साथै विभिन्न प्रजातिका चराचुरुङ्गी ताल वरपर देख्न सकिन्छ ।

विभिन्न राष्ट्रबाट बसाइसराई गरी आउने मौसमी चराहरुको आश्रयस्थल यस तालमा गोही, माछा, अजिङ्गरसमेत पाइन्छ । त्यसैगरी गैँडा, हरिण, रतुवा, बाँदर, पाटेबाघ समेत देख्न सकिन्छ ।

ताल वरपर २६ प्रजातिका वन्जयन्तु, २७३ प्रजातिका चरा, २५ प्रजातिका माछा र १३१ प्रजातिका बोटबिरुवा रहेको तथ्याङ्क छ ।

वि।सं २०२२ मा पूर्वी चितवनबाट ल्याइएको नहरका कारण निर्माण भएको यस ताल बिरुवामा पानी राख्ने हजारीबाट विकसित भई बीस हजारी ताल भनी नामकरण गरिएको हो । 

त्यस्तै खगेरी नहरको मुहानबाट बिसहजारी तालसम्मको दूरी २० हजार फिट रहेको हुँदा पनि यसलाई बीस हजारी ताल भनिएको भन्ने भनाइ छ ।

तालमा भएको जलकुम्भी तथा काँडेझार हटाई संरक्षण गर्न सके नाइट सफारी केन्द्रका रुपमा यसलाई विकास गर्न सकिने बताइएको छ । बरण्डाभार मध्यवर्ती सामुदायिक वनको मातहतमा पर्यटकको प्रचुर संभावना बोकेको यस ताललाई संरक्षण गर्ने हो भने बर्सेनि हजारौँको सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने देखिन्छ ।

तस्वीरहरू – सञ्जीब पाण्डे