१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिक छ घण्टा पैदल हिँडेर अध्ययन गर्छन् फेदीका बालबालिका



file photo
अ+ अ-

खोटाङ । केपिलासगढी गाउँपालिका–१ फेदीमा सञ्चालित कुहुडाँडा माध्यमिक विद्यालय तापखोला किनारमा छ । कक्षा–१० सम्म अध्ययनरअध्यापन हुने उक्त विद्यालयमा फेदीको तेरावा, लामीडाँडा, पिपिङ, सुम्देसिरान र चित्रेलगायत दर्जनबढी गाउँका छात्ररछात्रा दैनिक छ घण्टा पैदल हिँडेर विद्यालय आवतजावत गर्छन् ।

तापखोला किनारभन्दा केहीमाथि रहेको विद्यालयका अधिकांश छात्ररछात्रा उँधो झर्नुपर्ने हुन्छ । बिहान ओरानो झर्न तीन घण्टाको हाराहारीमा समय लागे पनि बेलुका फर्कनेक्रममा उकालो तीन घण्टाभन्दा बढी समय लाग्ने गरेको छ ।

विद्यालय आउने र जानेक्रममै करिब छ घण्टाबढी समय खर्च हुने भएपछि विद्यार्थीलाई घरमा गृहकार्य र पढ्ने समय व्यवस्थापन गर्न सकस भइरहेको छ । “ओरालो भएकाले स्कूल झर्दा अलि चाँडो हुन्छ । तर, उकालो निस्कँदा तीन घण्टाभन्दा बढी समय लाग्छ”, कक्षा–९ मा अध्ययनरत थाकुकी मञ्जिता राईले भन्नुभयो, “उकालो बाटो छिचोलेर अबेर घर पुग्दा थाकेर गृहकार्य गर्नै समस्या हुन्छ ।”

थुम्की, खोलाखर्क, ठूलोखरे, माखाम्ला, शेर्पाटोल, केलसीलगायतका गाउँका विद्यार्थीलाई पनि विद्यालय आइपुग्न तीन घण्टाको हाराहारिमा समय लाग्ने गरेको प्रधानाध्यक्षक चन्द्र राईले बताउनुभयो । “विद्यालय आइपुग्नका लागि छात्ररछात्रा बिहान सात बजे नै विद्यालय हिँड्ने गरेका छन् । विद्यालयबाट छुट्टी भएपछि साँझ अबेर मात्र घर पुग्छन्”, उहाँले भन्नुभयो, “उनीहरुको बाध्यतालाई मध्यनजर गर्दै पठनपाठन गरिरहेका छौँ । विद्यार्थीले भोग्दै आएको समस्या समाधान गर्न विद्यालय नै सार्नुपर्ने अवस्था छ ।”

केपिलासगढी गाउँपालिका–१ फेदी र सोही गाउँपालिका–२ खार्ताम्छा पञ्चायतकालमा खार्ताम्छा गाविस भनिन्थ्यो । एउटै वडा भएको समयमा सेन्टरमा पर्नेगरी विसं २०१७ सालमा कुहुडाँडा मावि स्थापना गरिएको थियो ।

पञ्चायतकालमा खार्ताम्छा गाविसलाई फुटाएर खार्ताम्छा र फेदी गाविस बनाइएपछि कुहुडाँडा मावि फेदीको किनारामा पर्न गएको हो । हाल कुहुडाँडा मावि फेदी र खार्ताम्छाको सिमानामा पर्छ ।

कुहुडाँडालाई फेदीको केन्द्रमा बनाउने विषयमा कसैको ध्यान जान नसकेको नेकपा (माओवादी केन्द्र) केपिलासगढी गाउँपालिका सचिव लक्ष्मण साम्पाङ ‘समीप’ले बताउनुभयो । “विद्यालय टाढा भएकै कारण अधिकांश बालबालिकाले पढाइ छाड्ने गरेका छन् । यसप्रति कसैको ध्यान जान सकेको छैन”, फेदीस्थित तेरावाका स्थानीय बासिन्दासमेत रहनुभएका समीपले भन्नुभयो, “विद्यालय सार्न नसके पनि तत्कालका लागि स्थानीय सरकारले कक्षा–८ देखि माथिका विद्यार्थीलाई छात्राबासको व्यवस्था मिलाउनुपर्ने अवस्था छ ।”

केपिलासगढी गाउँपालिकाका अधिकांश ठाउँमा सञ्चालित विद्यालयमा फेदीको जस्तै समस्या रहेको गाउँपलिका प्रमुख समिर राईले बताउनुभयो । “गाउँपालिकाभित्र ३७ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । तत्काल सबैलाई पायक पर्ने ठाउँमा विद्यालय सार्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “शैक्षिक क्षेत्रको सुरधारका लागि गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएर अगाडि बढेको छ । यस वर्षदेखि वडा नं ४ बाक्सिलामा सञ्चालित पृथ्वी माविलाई आवासीय बनाउने योजना बनाएका छौँ ।”

सात वडा रहेको उक्त गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको होमवर्क जाँच (गृहकार्य परीक्षण) कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा थप क्रियासिल गराउन गाउँपालिकाले निःशुल्क अभ्यास पुस्तिका (कापी) वितरण गर्ने र विद्यार्थीले लेखिसकेका कापी गाउँपालिकाकै शिक्षा शाखाले चेकजाँच गर्नेगरी कार्यक्रम लागू गरेको हो ।

गाउँपालिकाले कक्षा कार्य र गृहकार्य चेक गर्नेगरी प्रथम चरणमा कक्षा–१ देखि कक्षा–३ सम्मका विद्यार्थीलाई आफैँले तयार पारेको ‘विद्यार्थी अभ्यास पुस्तिका’ निःशुल्क वितरण गरेको छ । पहिलो पृष्ठमा मिति, विद्यार्थीको नाम, कक्षा, रोल नम्बर, विषय, विद्यालय, विषय शिक्षकको नाम र सम्पर्क नम्बर, प्रधानाध्यापकको दस्तखत, अभिभावकको नाम र सम्पर्क नम्बर उल्लेख भएको ‘अभ्यास पुस्तिका’ वितरणपछि विद्यार्थीले अन्य कापी प्रयोग गर्न पाउने छैनन् । रासस




भर्खरै