• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   भावुक हुँदै सन्दीपले भने – मेरो सपना पूरा नभए पनि मेरो देशको सपना पूरा भएको… ★   काकाकुल अँधेरीगाउँ ★   विश्वको सबैभन्दा लामो रेल, एक कुनाबाट अर्को ठाउँमा पुग्न घण्टौं लाग्ने ★   म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाँच’ प्रशिक्षण ★   गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट, बुधबार पेशी ★   बुकीमै बसेर यार्सागुम्बाको खोजी ★   विश्वको सबैभन्दा लामो जाम, १२ दिनसम्म जाममा फस्नुपरेपछि… ★   अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द ★   वायुसेवा निगमसहित पन्ध्र सरकारी संस्थान घाटामा ★   सन्दीप लामिछानेको भिसाको पहलका लागि क्यान अध्यक्ष चन्दले भेटे परराष्ट्रमन्त्री

सुपर सिक्समा पुग्न नेपाललाई नेदरल्यान्ड्सविरुद्धको खेल जित्नै पर्ने दबाब



काठमाडौँ । आइसीसी विश्वकप छनोट–२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भोलि नेदरल्यान्ड्ससँग खेल्दैछ ।

जिम्बाबेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा नेपाल जीतको लक्ष्यसहित नेदरल्यान्ड्ससँग भिड्दैछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार दिउँसो १२:४५ बजे हुनेछ । प्रतियोगिताको सुपर सिक्समा पुग्ने सम्भावना जीवितै राख्नका लागि नेपाललाई नेदरल्यान्ड्सविरुद्धको खेल जित्नैपर्ने हुन्छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र नेदरल्यान्ड्स हालसम्म दुई पटक भिडे्का छन् । दुवै टोलीले समान एकरएक जीत हासिल गरेका छन् ।

जारी प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । अमेरिका लगातार तीन खेलमा पराजित हुँदै सुपरसिक्सको सम्भावनाबाट बाहिरिएको छ । त्यसैगरी जिम्बावे र वेस्ट इन्डिज प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै सुपर सिक्समा स्थान करिब सुनिश्चित गरिसकेका छन् ।

अब समूह ‘ए’ बाट तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्समध्ये एक सुपर सिक्समा प्रवेश गर्नेछन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।

नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बाबेसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । यससँगै तीन खेलपछि नेपालको दुई अङ्क छ भने दुई खेलेको नेदरल्यान्ड्सको पनि समान दुई अङ्क नै छ । नेपाल अङ्क तालिकाको चौथो स्थान र नेदरल्यान्ड्स तेस्रो स्थानमा छ । रासस