• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन : क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको कसरत ★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले

टाइटन पनडुब्बीमा सवार पाँचै जनाको मृत्यु



एजेन्सी । एट्लान्टिक महासागरमा टाइटन पनडुब्बीको भग्नावशेष फेला परेको छ । यो टाइटानिक जहाजको भग्नावशेषभन्दा १६ सय फिट तल छ । पनडुब्बी जुन १८ साँझ पाइलटसहित चार पर्यटक बोकेको टाइटानिकको भग्नावशेष देखाउन गएको थियो तर १ः४५ घण्टापछि बेपत्ता भएको थियो ।

पनडुब्बीमा रहेका पाँचै जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायती व्यापारी हमिस हार्डिङ, फ्रान्सेली गोताखोर पल–हेनरी, पाकिस्तानी–ब्रिटिस व्यापारी शाहजादा दाउद, उनका छोरा सुलेमान र ओसियन गेट कम्पनीका सीईओ स्टकटन रश छन् ।

अमेरिकी कोस्ट गार्डका अधिकारीहरूले बिहीबार साँझ यसको पुष्टि गरेका छन् । तर, अहिलेसम्म उनीहरुको शव फेला परेको छैन । अमेरिकी कोस्ट गार्डका रियर एडमिरल जोन माउगरले भने, ‘एट्लान्टिक महासागरमा पनडुब्बीको भग्नावशेष रिमोटबाट संचालित गाडीले फेला पारेको हो । त्यसमा विष्फोट भएको हुनसक्छ । यद्यपी विष्फोट कहिले भएको हो भन्न हतार छैन । यसबारे अझै धेरै प्रश्नहरू छन्, जसको उत्तर खोज्न बाँकी छ ।’

रोयटर्सका अनुसार पनडुब्बीलाई नेपाली समय अनुसार १८ जुन साँझ ५ः४५ बजे एट्लान्टिक महासागरमा छोडिएको थियो । यो १ः४५ घण्टा पछि बेपत्ता भयो । विगत ४ दिनदेखि खोजी अभियान चलिरहेको थियो, जुन अहिले बन्द गरिएको छ । खोजमा अमेरिका, क्यानडा, फ्रान्स र बेलायतका विमान र जहाजहरू संलग्न थिए ।

सीएनएनका अनुसार २२ फिट लामो टाइटन पनडुब्बीको ५ भाग भग्नावशेषमा भेटिएको छ । अमेरिकी कोस्ट गार्डका अधिकारीहरूले अहिलेसम्म भग्नावशेषमा कुनै यात्रुको अवशेष नभेटिएको बताएका छन् ।

टाइटानिक जहाजको भग्नावशेष एट्लान्टिक महासागरमा रहेको छ । यो क्यानाडाको न्यूफाउन्डल्याण्डको सेन्ट जोन्सबाट ७०० किलोमिटर टाढा छ । भग्नावशेष समुन्द्रमा ३८०० मिटरको गहिराईमा रहेको छ । यो पनडुब्बीको यात्रा पनि क्यानडाको न्युफाउन्डल्याण्डबाट सुरु हुन्छ । यो २ घण्टामा भग्नावशेष नजिक पुग्छ ।

अमेरिका–क्यानडाको उद्धार टोलीले समुद्रमा ७ हजार ६ सय वर्ग माइल क्षेत्रमा खोजी गरिरहेको थियो । १३ हजार फिटको गहिराइसम्म निगरानी गर्न सक्ने सोनार बोयलाई पनि पानीमा छोडिएको थियो । यसबाहेक व्यावसायिक जहाजको पनि सहयोग लिइएको थियो ।

पनडुब्बी ओशन गेट कम्पनीको टाइटन सबमर्सिबल हो । यसको साइज एक ट्रक बराबर छ । यो २२ फिट लामो र ९.२ फिट चौडा छ । पनडुब्बी कार्बन फाइबरबाट बनेको छ । टाइटानिकको भग्नावशेष हेर्न जाँदा प्रतिव्यक्ति ३ करोड रुपैयाँ शुल्क लाग्छ । यो पनडुब्बी समुद्रमा अनुसन्धान र सर्वेक्षणका लागि पनि उपयोगी छ ।