२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

स्वास्थ्यकर्मीलाई एकमुष्ट कोराना भत्ता दिन्छौं: मुख्यमन्त्री शाही

स्वास्थ्यकर्मीलाई एकमुष्ट कोराना भत्ता दिन्छौं: मुख्यमन्त्री शाही
अ अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना भत्ता एकमुष्ट उपलब्ध गराउने बताउनुभएको छ । जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सहभागी हुनुभएका मुख्यमन्त्री शाहीले सोमबार जिल्ला अस्पताल कालिकोटका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग छलफल गर्ने क्रममा उनीहरूले उपलब्ध गराईदिन अनुरोध गरेका थिए । सो क्रममा उहाँले प्रदेशका सबै स्वास्थ्यकर्मीलाई गत र चालु आवको भत्ता एकमुष्टरूपमा तत्काल उपलब्ध गराउने विश्वास दिलाउँदै जोखिम भत्ता पाएनौं भन्ने समस्या चिर्ने बताउनुभएको थियो ।

छलफलको क्रममा अस्पतालका निमित्त प्रमुख कटक महतले १४३ जना कर्मचारी दरबन्दीको आवश्यक मागपत्र मुख्यमन्त्री शाहीलाई बुझाउँदै आइसीयु सञ्चालन गर्न जनशक्ति व्यवस्थापन लागि आग्रह गर्नुभएको थियो । मुख्यमन्त्री शाहीले स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न सुझाउँदै आवश्यक व्यवस्थापन प्रदेश सरकारले गर्ने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “तपाईहरू उच्च मनोबलका साथ काम गर्नुहोस् प्रदेश सरकार चिकित्सक र स्वास्थ्यकर्मीकै साथमा छ । कुराभन्दा पहिला काम गर्नुहोस् । बिजुली छैन, सोलार जडान गरिहाल्नुस् त्यसमा लाग्ने आवश्यक रकमको सहयोग प्रदेश सरकारले गर्छ ।”

विशेषगरी स्वास्थ्य पूर्वाधार तथा विकास योजना अनुगमनका लागि गृह जिल्ला पुग्नुभएका मुख्यमन्त्री शाहीले स्थानीय तहका प्रमुखरअध्यक्षलाई विपद् प्रतिकार्यका लागि वडास्तरमा स्वयंसेवक परिचालन गर्न मुख्यमन्त्रीको निर्देशन दिनुभएको छ । कोरोना महामारी जिल्लामा वर्षेनी प्राकृतिक प्रकोपबाट उत्पन्न हुने समस्याबारे समयमै सजग गराउन तथा तत्काल उद्धारमा सहयोग पुग्नेगरी प्रत्येक वडातहमा स्वयंमसेवक परिचान गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले अगाडि भन्नुभयो, “विपद्मा जनतालाई भित्र राखेर सेवक बाहिर हिड्नुपर्छ । प्रत्येक कर्मचारी, जनप्रतिनिधिलगायत सरोकारवाला निकाय कोरोना महामारी केन्द्रित बनौँ । सबै मिलेर महामारीको सामना गरौँ र जनतालाई आवश्यक राहात र दरिलो साथ दिऔँ ।”

निषेधाज्ञा कडा थप कडा गर्न निर्देशन दिनुभएका मुख्यमन्त्री शाहीले कोभिड नियन्त्रणको पहिलो प्राथमिकता जनचेतना भएको बताउँदै ती क्रियाकलापमा जोड दिन तथा अब बजेट कोरोना नियन्त्रण र रोजगारी सृजनामा केन्द्रित गर्न स्थानीय तहका प्रमुखलाई निर्देशन दिनुभयो । स्थानीय तहका प्रमुखले हालसम्म भोगिरहेको समस्याबारे जानकारी गराउँदै स्वास्थ्यकर्मी र आवश्यक स्वास्थ्य सामग्रीसहित बजेटको प्रबन्ध गरिदिन उहाँलाई आग्रह गरेका थिए । 

स्थानीय तहका प्रमुखले गाउँमा विवाह, वर्तबन्ध र मलामी जानेक्रम नरोकिएकाले कोरोना सङ्क्रमण नियन्त्रण गर्न थप चुनौति हुनुका साथै जनचेतना अभावले कोरोना परीक्षण गर्न समुदायका नागरिकले नमान्दा जटिलता भएको बताएका थिए ।