२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

बाढीले चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित

बाढीले चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित
अ अ+ अ-

मनाङ । लगातारको वर्षाले मनाङको सदरमुकाम चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् । केही दिनको निरन्तरको वर्षाले गर्दा यही जेठ १४ गते आएको बाढीले ती घरपरिवार पूर्णरूपमा विस्थापित भएका हुन् । चामे गाउँपालिका–४ नयाँबजारस्थित घट्टेखोलाको पानीको बहाव बढेर आउँदा ४० घरधुरी प्रभावित भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । 

उहाँका अनुसार सोही ठाउँका कर्मा छुमु गुरुङ, धर्म महर्जन (साङ्ग्रिला होटल), अनिता गुरुङ र कर्मा घलेको घर पूर्णरूपमा क्षति भएको छ भने रिमजिम डोल्कर लामाको घरमा आंशिक क्षति पुगेको छ । चार घरका २३ सदस्या त्यस क्षेत्रबाट पूर्णरूपमा विस्थापित भएको लामिछानेले बताउनुभयो । “विस्थापित भएका सबैको घरको पछाडिको भाग पूर्णरूपमा भत्किएको छ, विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी व्यवस्थापन गरेका छौँ”, उहाँले भन्नुभयो ।
 
खोलाको डुबानमा परेका घरहरुबाट सामग्रीहरु समेत स्थानान्तरण गरिसकिएको प्रजिअ लामिछानेले बताउनुभयो । घट्टेखोलाको बाढीले सोही स्थानमा रहेको पक्की पुललाई समेत असर गरेको उहाँको भनाइ छ । बाढीले पुलमा काठ, ढुङ्गा र माटोले पुरेकामा सबै हटाउन भ्याइएको उहाँले बताउनुभयो ।

नयाँबजारको वर्कसपमा खोलाको डुबानमा परेका सात वटा मोटरसाइकल समेत निकालिएको छ । स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गरी त्यस क्षेत्रको जनजीवनलाई सहज बनाउने कार्य गरिएको छ । बाढीले अनिताको घरमा मिलन गुरुङले फ्रेस हाउस र कर्मा घलेले किराना पसल सञ्चालन गर्नुभएको थियो । स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा बाढी प्रभावित क्षेत्रको सरसफाइ गरिएको छ । 

त्यस्तै कोभिड–१९ को महामारीमा बाढीले त्यस क्षेत्रका सर्वसाधारणलाई एकै ठाउँमा बस्नुपर्ने बाध्यता आएपछि यहाँका स्थानीयवासी आतङ्कित बनेका छन् । सङ्क्रमणमा एकै ठाउँमा जम्मा हुँदा एकअर्कोमा सर्नसक्ने भन्दै त्रसित बनेका हुन् । 

बाढीले पानी आपूर्तिमा समस्या

त्यस्तै घट्टेखोलाको बाढी नयाँबजारको बस्तीमा पसेपछि खानेपानी आपूर्तिमा समस्या भएको छ । बाढीले खानेपानीको पाइप बगाएसँगै यहाँ खानेपानी आपूर्ति हुन सकेको छैन । आपूर्ति नहुँदा पिउने पानी पाउनै मुस्किल भएको स्थानीयवासी बताउँछन् । चामे नयाँबजारका ४० घरधुरीलाई पानीको अभावले काकाकुल बनाएको छ ।
 
कोरोनाको कहरमा बाढीले पानीको समस्या समेत थपिँदा अझ कठिन बनाएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो । कोरोना सङ्क्रमण रोकथाम, न्यूनीकरण तथा नियन्त्रणका लागि लागिपरेको अवस्थामा अर्को विपत्तिले कठिन अवस्था सिर्जना गरेको उहाँको भनाइ छ । 

स्थानीयवासीका लागि गाउँपालिकाका अध्यक्ष घलेको पहलमा ४० घरधुरीलाई एक÷एक कार्टुन मिनरल वाटर वितरण गरिएको थियो तर कुनै परिवारका सदस्य धेरै रहेको अवस्थामा समस्या अझ थपिएको छ । पानीको मुहानबाट बस्तीमा ल्याइएको पाइपको मर्मत कार्य भइरहेको अध्यक्ष घलेले बताउनुभयो । 

दुई÷तीन दिनभित्र पानी आपूर्तिमा सहज हुने उहाँको भनाइ छ । “मर्मतसँगै पानी ट्याङ्कीसमेत सरसफाइ गरी उपभोक्तासम्म पुर्‍याइनेछ”, उहाँले भन्नुभयो । पानीको अभावले बस्तीमा समस्या उत्पन्न भएपछि छिटो पानी ल्याउने गरी काम भइरहेको छ । उक्त बस्तीका सर्वसाधारणले हाल मिनरल वाटरको भरमा जीवनयापन गरिरहेका छन् । 

सडक अवरुद्ध

यसैबीच बाढीले बेँसीसहर–चामे सडकखण्डअन्तर्गत चामे गाउँपालिका–१ तिमाङखोला र स्यार्कुखोलाको काठेपुल बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले उक्त सडकखण्डको पुल बगाउँदा अवरुद्ध बनेको सडक निर्माणसमेत हुन सकेको छैन । पुल बगाएपछि मनाङबाट लमजुङ जाने र लमजुङबाट मनाङ आउने अत्यावश्यक वस्तुका सामग्री ढुवानी गर्ने सवारीसाधनको समेत आवतजावत बन्द भएको छ ।
 
मनाङका मुख्य सडकसँगै अन्य सडकका अधिकांश खोलामा काठेपुल प्रयोग भएका छन् । मनाङवासीलाई सदैव काठेपुलको जोखिममा यात्रा गर्नुपर्ने हुन्छ । अझ वर्षा लागेसँगै जोखिम बढ्ने गर्दछ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ । यसवर्षको मनसुन खतरायुक्त भएमा अझ बढी जोखिम बढ्ने देखिएको छ । (रासस, नवीन लामीछाने)