२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कोरोनाका भेरियन्टलाई नामाकरण गर्दै डब्ल्यूएचओ

कोरोनाका भेरियन्टलाई नामाकरण गर्दै डब्ल्यूएचओ
अ अ+ अ-

काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका एकभन्दा बढी प्रकार निस्कन थालेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले भाइरसको नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ । 

जसका लागि डब्ल्यूएचओले कोरोना भाइरसका भेरियन्टहरुलाई जनाउन ग्रीक अक्षरहरुको प्रयोग गर्ने भएको हो ।

डब्ल्यूएचओका अनुसार बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बिटा र भारतमा भेटिएको भेरियन्टलाई डेल्टा नामाकरण गरिएको छ । 

कोरोना भाइरसको भेरियन्ट पहिलोपटक पत्ता लागेको वा त्यसबारे जानकारी गराएकै आधारमा कुनै पनि देशलाई धब्बा लगाउन नहुने डब्ल्यूएचओको कोभिड–१९ प्राविधिक समितिकी मारिया भान कर्खोभको भनाई छ । उनले भेरियन्टमाथिको अनुगमन बढाउनु पर्ने र सङ्क्रमण रोक्नका लागि वैज्ञानिक तथ्यहरु साझा गरिनु पर्ने पनि जोड दिएकी छन् ।

भेरियन्टका नामहरुको पूर्णसूची डब्ल्यूएचओले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ । यदि २४ भन्दा धेरै भेरियन्ट भेटिएको खण्डमा ग्रीक वर्णमालाका अक्षर सकिनेछ र नयाँ प्रणाली घोषणा गरिने पनि डब्ल्यूएचओले जनाएको छ ।