• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी पत्नीको निधन



काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक परेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता चन्दकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा आज शुक्रबार बिहान निधन भएको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार उच्च रक्तचाप, पक्षघातलगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज शुक्रबार बिहान निधन भएको हो ।

आजै दिव्यवेश्वरकी पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । उहाँका श्रीमान्, दुई छोरा र दुई छोरी छन् ।

दिव्येश्वरीको निधनप्रति विभिन्न राजनीतिक दलका नेताहरुले शोक व्यक्त गरेका छन् ।