• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने

एयरपोर्ट परिसरको तार काटेबापत बालेनलाई स्पष्टीकरण नसोध्न क्यानलाई उच्च अदालतको आदेश



काठमाडौं । उच्च अदालत पाटनले कामपाका मेयर बालेन शाहसँग तत्काल स्पष्टीकरण नलिन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई आदेश दिएको छ ।न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र परिसरको तार काटेको भन्दै प्राधिकरणले लिखित स्पष्टीकरण सोधेको विषयलाई लिएर मेयर शाह उच्च अदालतमा पुगेका थिए ।

काठमाडौँको सिनामंगलमा नक्सा पास नगरी भवन बनाएको भन्दै महानगरले जेठ ३२ गते काम रोकेको थियो । त्यसक्रममा नगर प्रहरीको टोलीले फेन्सिङ तारबारसमेत काटेको थियो ।

त्यसको भोलिपल्ट प्राधिकरणले महानगर प्रमुख बालेन, नगर प्रहरी प्रमुख राजु पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई नेपाल नागरिक उड्डयन ऐनअनुसार किन कारबाही नगर्ने भनेर ७ दिने स्पष्टीकरण सोधेको थियो ।