३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उहाँहरुलाई कहिल्यै कोरोना नलागोस् !: परराष्ट्रमन्त्री ज्ञवाली



अ+ अ-

काठमाडौं । कोरोना खोपका लागि राष्ट्रपतिले गरेको पहलमाथि प्रश्न उठाएकोमा पराराष्ट्रमन्त्रीले असन्तुष्टि जनाएका छन् । पराराष्ट्रमन्त्रीले प्रदीप ज्ञवालीले अहिले मानिसको जीवन रक्षा ठूलो कुरा भएकाले अनावश्यक टिप्पणी नर्गन बताएका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारी चीनका राष्ट्रपति शी जिनपिङसँग टेलिफोन सम्वाद गरेकी थिइन् भने भारत, अमेरिका, रुस र बेलायतका राष्ट्र प्रमुखलाई पत्रचार गरेकी छन् ।  

परराष्ट्रमन्त्री ज्ञवालीले भने यस्ता टिप्पणीहरु देख्दा बडो बिरक्त पनि लाग्ने गरेको बताए । उनको प्रश्न छ,  ‘अहिले मान्छेको जीवन रक्षा ठूलो कुरा हो कि अरु ?’

खोपका लागि परराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीले आफ्नो पहल गरिरहेको भन्दै उनले भने, ‘राष्ट्रपति यो देशको सर्वोच्च पदाधिकारी हो । संविधानको रक्षक र देशको अभिभावकको हैसियतले उहाँले आवश्यकता अनुसार आफ्नो हैयिसतलाई प्रयोग गर्नु हुन्छ ।’

आलोचना गर्नेहरुले सामान्य प्रोटोकल समेत ख्याल नगरेको परराष्ट्रमन्त्री ज्ञवालीको गुनासो छ । उनले भने, ‘जहाँ कार्यकारी राष्ट्रपति हुनुहुन्छ, त्यहाँ कुराकानी त राष्ट्रपतिले नै गर्नुपर्‍यो नि । प्रधानमत्री र राष्ट्रपतिको बीचमा त कुराकानी हुँदैन ।’