• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता, चालकको उद्धार ★   ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध ★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक

दलहरुको मोर्चाबन्दीले हामीलाई असर गर्दैन– रवि लामिछाने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दलहरुले बनाएको मोर्चाबन्दीले आफूहरुलाई असर नपर्ने बताउनुभएको छ ।

पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा नयाँ केन्द्रीय कार्यालय घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मोर्चालाई तोडेर उपनिर्वाचनमा नयाँ रेकर्ड नै राखेको बताउनुभयो ।

मोर्चालाई तोडेर उपनिर्वाचनमा नयाँ रेकर्ड राखेकाले दलहरुको मोर्चाबन्दीले पार्टीलाई कुनै असर नपर्ने उहाँको टिप्पणी थियो ।

उहाँले भनाइ जस्ताको तस्तै :

चुनावमा चाहिँ राजनीतिक दलहरुले गठबन्धन गरेको होइनन् र ? डा स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्रको कुरा गरिहेर्नुहोला तपाईं। हाम्रो लागि त्यो नयाँ होइन दलहरुको लागि चाहिँ घोषित अघोषित नयाँ होला।

मोर्चालाई तोडेर उपनिर्वाचनमा नयाँ रेकर्ड नै राखेका हौं। त्यसैले उहाँहरुको कदममा मैले कुनै प्रतिक्रिया दिनु हुँदैन। अरु राजनीतिक दलको कदम हो त्यो। हामीले नदेखेको दल हुनुहुन्न। हामीले देखेकै दल हुनुहुन्छ। उहाँहरुले मोर्चा गर्नुभएको छ। हामीले मोर्चा नै गर्ने भए जनताको मुद्दामा मोर्चाबन्दी गरौं न भनेका थियौं। संसदमा पनि भनेका थियौं।