२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

महन्थ पक्षले यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाल्यो (भिडियो सहित)

महन्थ पक्षले यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाल्यो (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ । उपेन्द्र यादव पक्षले पार्टीको कार्यकारिणी समितिको बैठकबाट निर्णय गरी अर्का अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरु राजेन्द्र महतो, सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निश्कासन गरेसँगै ठाकुर–महतो पक्षले पनि बैठक गरी उपेन्द्र यादवलाई पार्टी बाट निश्कासन गरेको हो । 

ठाकुर र यादवविच यसअघि एकले अर्कोलाई स्पष्टिकरण सोध्ने होडबाजी चलेको थियो भने दुवैले स्पष्टिकरणको जवाफ भने फर्काएका थिएनन् । जसपा ठाकुर–महतो पक्षका नेता प्रमोद यादवले उपेन्द्र यादवलाई पार्टीबाट निश्कासन गरिएको जानकारी दिनुभयो । आफुहरुले कसैलाई कारबाही गर्न नचाएको भएपनि यादवले कारबाही गरेपछि त्यसैको प्रतिक्रियास्वरुप कारबाही गरिएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘जसरी उहाँहरु अगाडी बढिराख्नुभएको छ । त्यसरी नै हाम्रा श्रद्धय अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोज्यूको आजैको बैठकबाट उहाँले जब पार्टीबाट ४ जना नेतालाई निश्कासन गरिसकेको अवस्था जब न्यूजमा आयो त्यसपछाडी फेरी बैठक बसेर उहाँ उपेन्द्र यादवलाई पनि हामीले स्पष्टिकरण सोधेकै थियौँ । त्यो आधारमा उहाँलाई पनि निश्काशन गरिएको हो ।’