२० माघ २०८१, आईतवार
,
Latest
विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते प्रधानमन्त्री केपी शर्माले दिए प्रशिक्षक मोन्टी देशाईलाई धन्यबाद ‘देशभरका सामुदायिक विद्यालयमा निःशुल्क खानेपानी वितरण गरिने’ काभ्रेमा एमालेको ‘जरा अभियान’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल



अ+ अ-

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस जितेको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर कप्तान रोहित पौडेलले पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग नेपालले हालसम्म एउटा पनि खेल खेलेको छैन । नेपालको लागि रोहित पौडेलले कप्तानी गर्नेछन् भने वेस्ट इन्डिजको लागि शाई होपले कप्तानी गर्नेछन् ।

नेपालले आज टोलिमा कुनै परिवर्तन गरेको छैन । आजको खेलमा नेपालले पछिल्लो पटक अमेरिकालाई हराएको टोलीलाई नै निरन्तरता दिएको छ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई नेपालले ६ विकेटले हराएको थियो । यता वेस्ट इन्डिजले पहिलो खेलमा अमेरिकालाई ३९ रनले हराएको थियो ।

नेपालको प्लेइङ–११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।