काठमाडौं । नेपालमा थप ६०८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो । यस्तै पछिल्लो २४ घण्टामा ६८९८ संक्रमित निको भएका छन् ।
मंगलबार कोरोनाबाट मृत्यु हुनेको संख्या ६८ रहेको छ ।
पछिल्लो २४ घण्टामा २० हजार १६५ परीक्षणमध्ये १७ हजार १४७ पिसिआर र ३ हजार १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
थपिएका संक्रमितसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । त्यसमध्ये ४ लाख ५४ हजार ३४४ संक्रमित निको भएका छन् ।
कोरोनाबाट हालसम्म ७ हजार ४५४ जनाको निधन भएको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ रहेको छ ।











