२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

एमाले स्थायी कमिटी बैठक सकियो, के-के भयो छलफल

एमाले स्थायी कमिटी बैठक सकियो, के-के भयो छलफल
अ अ+ अ-

काठमाडौं । नेकपा(एमाले)ले पार्टी एकताको प्रयास जारी राख्ने निर्णय गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवटारमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नका लागि भइरहेका छलफलहरुको समिक्षा गर्दै पार्टी एकताको निम्ति अन्तिमसम्म पनि प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नका निम्ति भइरहेका छलफलहरुका बारेमा संक्षिप्त विवेचना गरेका छौँ । नेतृत्वको तर्फबाट एकताका निम्ति अन्तिम समयसम्म पनि प्रयत्न जारी राख्ने छलफल गरेका छौँ । निर्णय गरेका छौँ ।’

बैठकले सर्वोच्च अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्नका निम्ति दबाब दिईएको भन्दै त्यस्तो दबाव स्वतन्त्र न्यायपालिकाको मर्मसँग मेल नखाने भएकाले यस्तो गतिविधि गर्नु नहुने निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो – ‘सर्वोच्च अदालतमा विचाराधिन मुद्दालाई प्रभावित गर्नेगरी जे ढंगका दबाव, अस्वस्थखालका गतिविधि भइरहेका छन् त्यसको बारेमा समिक्षा गर्यौ । आफुले भनेकै न्यायाधिश चाहिन्छ र आफुले भनेजस्तै फैसला चाहिन्छ भन्ने ढंगले सिर्जना गरिएका दबाबहरु स्वतन्त्र न्यायपालिकाको मर्मसँग मेल खादैनन् । यस्ता कुराहरु उचित होइनन् र यस्तो हुनुहुँदैन भन्ने हामिले निष्कर्ष निकालेका छौँ ।’

त्यसैगरी बैठकले बजेट जनताको चाहाना अनुसारको अहिलेको आवश्यकतालाई पुर्ति गर्नेगरी आएको निष्कर्ष निकालेको छ । लुम्बिनीमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पार्टीलाई अन्र्तघात भएको निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । लुम्बिनीको अन्र्तघातको सम्बन्धमा थप समिक्षा, अध्यययन गरेर त्यसबारेमा आवश्यक निर्णय गरिने पनि उहाँले बताउनुभयो ।
सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ प्रवक्ता ज्ञवालीले आजको बैठकमा माधव नेपाल पक्षका स्पष्टिकरण सोधिएका नेताहरुलाई कारबाही गर्ने बारे आजको बैठकमा एजेण्डा नभएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘एकतालाई सकेसम्म जोगाउन सकियोस् । धेरैभन्दा धेरै साथीहरु पार्टीको मुलधारमा अडिनुस् भन्नका निम्ति हाम्रो प्रयास जारी छ ।’

एकता जोगाउन बनेको कार्यदलमा परेका केही नेता कारबाहीमा परेको अवस्थामा कार्यदल अस्तित्वमा नरहेको स्पष्ट पार्दै उहाँले पार्टी एकता बचाउनको निम्ति नेताहरुबीच कुराकानी भने भइरहेको बताउनुभयो ।