२६ श्रावण २०८३, मंगलवार
,
Latest
सर्वोच्चको पुनरावलोकनपछि कांग्रेस महाधिवेशन रोक्न संस्थापन इतर समूहको माग ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने राप्रपा सांसदले मागे–लिपुलेक र सीमा विवादमा सरकारको स्पष्ट धारणा जलेका सरकारी स्रेस्ताको वैकल्पिक प्रमाणबाट लेखापरीक्षण गर्न सांसदहरूको जोड गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु सुरक्षा, न्याय र सुशासनको अवस्था नाजुक छ : सांसद राई नेकपा सांसद शर्माले प्रधानमन्त्री साहलाई भने–‘गुप्तवास’ छोडेर संसदको सामना गर्नुस् सभामुखलाई एमाले सांसदले भने: प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर अभिव्यक्ति फिर्ता लिने सम्भावना छैन, तपाईं पहल गरिदिनुस् गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बागमती प्रदेशका विभिन्न गन्तव्यको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश



अ+ अ-

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश टेकप्रसाद ढुङ्गाना र रमेश ढकालको संयुक्त इजलासले आज उक्त शैक्षिक मेला नरोक्न आदेश जारी गरेको उच्च अदालत पाटनका प्रवक्ता तथा उपरजिष्ट्रार मन्दिरा शाहीले राससलाई जानकारी दिनुभयो ।

गत जेठ ३२ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको उक्त शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले विभिन्न कारण देखादै बन्द गराएको थियो । त्यसका विरुद्धमा उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) ले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । रासस