• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   नेपाली मूलका भारतीय फुटबलर सुनील क्षेत्रीद्वारा सन्यासको घोषणा ★   पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन ★   कस्तो छ बेचिएको भनिएको गिरीबन्धु टि–स्टेटको जग्गाको अवस्था ?– तस्बिरहरु ★   इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’ ★   नक्कली डाक्टर पक्राउ ★   जीप दुर्घटनामा दुई जनाको मृत्यु, १३ घाइते ★   गृहमन्त्री रवि लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइँदै ★   आज मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै ★   काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

योगले नेपाललाई समृद्ध र सुखी बनाउँछ: ओली



फाईल फोटो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने बताउनुभएको छ ।

बुधवार ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको सन्दर्भमा योगले समृद्ध नेपाल र सुखी नेपालीको कुरा गरिरहेको बताउनु भयो । अध्यक्ष ओलीले मान्छे सम्मानित जीवन बाँचोस्, अभावरहीत बाँचोस्, सम्पन्न र विज्ञान प्रविधिले उपलब्ध गराएका आजका सुविधा, सहुलियतहरु सबै प्रयोग गर्नसक्ने गरी बाँचोस् भन्ने अहिलेको आवश्यकता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मान्छे सम्मानित जीवन अभावरहीत, भोकमरी रहीत सम्पन्न र विज्ञान प्रविधिले उपलब्ध गराएका आजका सुविधा, सहुलियतहरु सबै प्रयोग गर्न पनि चाहन्छ र सुरक्षित हुन चाहन्छ । सम्मानित जीवन बाच्न चाहन्छ । समान भएर अरु बराबरको छु है भन्ने हिसावले बाच्न चाहन्छ । त्यसकारण हामीले समृद्ध नेपाल, सुखी नेपाली भनेका हौँ । योगले भनेको त्यही हो । योगले भनेको समृद्ध नेपाल, सुखी नेपाली हो आजको सन्दर्भमा योगले गर्न खोजेको कुरै त्यही हो । योगले नेपाललाई समृद्ध बनाउन खोजेको हो, नेपालीलाई सुखी बनाउन खोजेको हो । योगले निकम्भा भाग्यवादमा विश्वास गर भन्दैन । कर्मठ कर्मवादमा विश्वास गर भन्छ ।’

अध्यक्ष ओलीले नेपालबाटै ज्ञान उत्पत्ति भएको बताउनु भयो । उहाँले योगको उत्थान गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।