२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

पाकिस्तानको रावलपिंडीमा बढ्दो गर्मीसँगै खानेपानीको अभाव

पाकिस्तानको रावलपिंडीमा बढ्दो गर्मीसँगै खानेपानीको अभाव
अ अ+ अ-

रावलपिन्डी । तापक्रम बढ्दै जाँदा पाकिस्तानको रावलपिन्डीमा पानीको आपूर्तिमा अभाव देखिन थालेको छ । पानीको अभाव हुनुमा भूमिगत पानीको तह घट्नु र बाँधबाट प्रशस्त आपूर्ति नहुनुलाई कारक मानिएको छ । 

खानेपानी तथा सरसफाई निकाय (वासा) का प्रबन्ध निर्देशक राजा शौकत मेहमूदले पानीको अभावबारे भन्नुभयो, “गर्मीका कारण पानीको भूमिगत तह घटेपछि वितरणमा कमी भएको हो । रावलपिन्डी शहरमा दैनिक पाँच करोड ९० लाख ग्यालन पानीको आवश्यकता रहेकोमा हाल चार करोड ६० लाख ग्यालन आपूर्ति भइरहेको छ । उहाँले भूमिगत पानीको सतह ६५० फिट गहिराईमा झरेको छ भने रावल र खानपुर बाँधबाट हुने पानीको आपूर्तिमा गर्मीका कारण उल्लेख्य कटौती हुँदा अभाव बढेको बताउनुभयो । 

प्रबन्ध निर्देशकले भन्नुभयो, “भूमिगत स्रोत र बाँधबाट आउने पानीको स्रोत शहरबासीको पानीको मुख्य स्रोत रहेको र खडेरीका कारण ती स्रोतहरूबाट आवश्यकता अनुसार पानीको मात्रा उपलब्ध नहुँदा समस्या देखिएको रावलपिंडी शहरका १६ लाख बासिन्दाको पानीको आवश्यकता पूरा गर्न स्थापित ४६० ट्युबवेलहरूबाट माग पूरा गर्न समस्या भइरहेको हो ।” 

उहाँले भन्नुभयो, “सहरमा यसपहिले पनि नागरिकले आवश्यकता अनुसार पानी पाइरहेका थिएनन् र खडेरी र गर्मी  बढ्दै जाँदा समस्या पनि बढिरहेको छ । द एक्सप्रेस ट्रिब्यूनले मेहमूदलाई उद्धृत गर्दै भनेको छ, “खानेपानी आयोजनाको पहिलो चरण विगत दुई दशकदेखि थाँती रहेको छ र बारम्बार समीक्षा गरिए पनि सुरु गरिएको छैन ।”

इमरान खानको नेतृत्वमा रहेको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) सरकारको तीन बर्षको अवधिमा पनि यो परियोजना छलफल र बैठकको हिस्सा मात्र रहेको र यसलाई सुरु गर्न कुनै ठोस प्रयास नगरिएको अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानका अन्य शहरी क्षेत्रहरू पनि पानीको सङ््कटमा तीब्ररूपमा पर्दै गएका छन् । अप्रिलमा कराँचीमा ४० डिग्री सेल्सियस तापक्रम पुग्दा पानीको माग बढेको तर तीव्र अभाव भएको बताइएको थियो । 

यसैबीच, पाकिस्तानको सिन्ध प्रान्तमा गुड्डू ब्यारेजका प्रमुख इन्जिनियरले यस प्रान्त तथा बाँधमा ६० बर्षमा पहिलो पटक नराम्रो पानीको अभाव भइरहेका बताउँदै मे र जूनमा धान रोप्ने काममा नआउन पाकिस्तानी किसानहरूलाई सल्लाह दिनुभएको थियो । इन्दु नदी प्रणाली प्राधिकरण (आईआरएसए) ले शनिबार पञ्जाब र सिन्ध प्रान्तहरूमा ३२ प्रतिशत मात्रा कम पठाउने निर्णय गरेको छ । (रासस-एएनआई)