६ श्रावण २०८३, बुधबार
,
Latest
आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् घोराही सिमेन्टको आइपीओका फर्जी आवेदक, अख्तियारमा उजुरी



अ+ अ-

काठमाडौं । घोराही सिमेन्टको आईपीओ स्थगित भएको छ । आइपीओमा १० लाख कित्ताका दरले १२ जनाले फर्जी आवेदन दिएको पाइएपछि आइपीओ स्थगित गरिएको हो ।

कम्पनीको आईपीओमा ४३ करोड ३५ लाख रुपैयाँबराबरको १० लाख कित्ताका दरले आवेदन दिने १२ जनाको आवेदन अस्वीकृत भइसकेको छ ।

यसरी फर्जी आवेदन दिनेमा भक्तपुरका प्रेमप्रसाद आचार्य , उज्जवल आचार्य र श्रीजा पोखरेल छन् । साथै गोरखाको सिरानचोकका सावित्रा पराजुली, रुपन्देहीको तिलोत्तमाका लक्ष्मी घिमिरे, मोरङ कानेपोखरीका मुना खत्री र चितवन भण्डाराका मनोज पाठक छन् । सुनसरीको देवानगन्जका मिथिलेशकुमार मेहता, दोलखाको नाम्दुका नवीन खत्री, ललितपुर टिकाथलीका अनिल राना, पर्वतको कार्कीनेटाका रञ्जना ढकाल पौडेल र काठमाडौंको मध्यबानेश्वरका सुमित्रा बमले पनि फर्जी आवेदन दिएका छन् ।

उनीहरु सबैले १० लाखका दरले १ करोड २० लाख कित्ता फर्जी आवेदन भेटिएपछि सोमबार घोराही सिमेन्टको आईपीओ स्थगन भएको थियो । फर्जी आवेदनमा लगातार वृद्धि भएपछि नेपाल धितोपत्र बोर्डले इस्यु म्यानेजरलाई तत्काल आवदेन स्थगन गर्न पत्र पठाएको थियो ।

अख्तियारमा उजुरी

घोराही सिमेन्टको आईपीओमा फर्जी आवेदन दिने लगानीकर्ताको कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ । १० लाख कित्ताका दरले फर्जी आवेदन दिने १२ लगानीकर्ताको विवरण अख्तियार पुगेको हो । १० लाख कित्ताका लागि आवेदन दिँदा बैंक खातामा कम्तीमा ४३ करोड ३५ लाख हुनुपर्नेमा कम पैसा भेटिएपछि उनीहरुको आवेदन रद्द भइसकेको छ ।

सर्वसाधारणलाई अन्योलमा पार्ने गरी जालसाझीयुक्त कारोबार गरेको पाइए धितोपत्र ऐनअनुसार सजाय हुनेछ । ऐनको दफा ९८ अनुसार जालसाझीयुक्त कारोबार गरेको प्रमाणित भएमा दफा १०१ को उपदफा ३ अनुसार १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनसक्नेछ । त्यस्तो कारोबारबाट कसैलाई हानी नोक्सानी भएमा क्षतिपूर्तिसमेत भराउने व्यवस्था ऐनमा छ ।

कम्पनीको आईपीओमा ४३ करोड ३५ लाख रुपैयाँबराबरको १० लाख कित्ताका दरले आवेदन दिने १२ जनाको ५ अर्ब २० करोड २० लाख रुपैयाँबराबरको आवेदन रिजेक्ट भइसकेको छ । ठूलो संख्यामा फर्जी आवेदन परेपछि कम्पनीको सेयरमा उच्च आकर्षण देखाउन खोजिएको रुपमा बुझिएको छ ।

सामूहिक लगानी कोष, कर्मचारी, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याएको सेयर पुरै बिक्री नभएपछि त्योसमेत थप गरेर कम्पनीले सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो ।

असार ४ सम्म आवेदन दिने म्याद रहेको कम्पनीको सेयरमा मागभन्दा २ गुणा बढी आवेदन परे पनि समय थप गरिएको थियो । कम्पनीले सोमबार सूचना निकालेर आवेदन भेरिफाइ भइरहेकाले म्याद थप भएको जनाएको थियो ।

कम्पनीले धितोपत्र बोर्डबाट उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ सय प्रिमियम थप गरी प्रतिकित्ता ४ सय रुपैयाँको सेयर निष्कासन गर्ने स्वीकृति पाएको थियो ।

सर्वसाधारणका लागि भने प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँ प्रतिकित्ताका दरले सेयर निष्कासन गर्ने स्वीकृति पाएको थियो ।