५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा सङ्कलित अपरिवर्तीय मुद्रा साटियो



अ+ अ-

लुम्बिनी । लुम्बिनी विकास कोषले दानवापत सङ्कलित अपरिवर्तित देशहरूको रु ५४ लाख २९ हजार बराबरको रकम नेपाल राष्ट्र बैंकमार्फत सटही भएको छ । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईसहित पदाधिकारी र बोर्डको पहलमा वर्षौँदेखि सटही हुन नसकेको दानवापतको अपरिवर्तीय मुद्रा पहिलोपटक सटही भएको हो ।

लुम्बिनी विकास कोष र राष्ट्र बैंकबीच भएको सम्झौताअनुसार गत चैत २७ गते राष्ट्र बैंक सिद्धार्थनगर शाखालाई उक्त मुद्रा पठाइएको थियो । कोषले मुचुल्का उठाएर श्रीलङ्का, म्यानमार, भियतनाम, कम्बोडिया, बङ्गलादेशसहितका देशको मुद्रा सटहीका लागि राष्ट्र बैंक भैरहवा कार्यालयले सिआइएमबी बैंक सिङ्गापुर पठाएको कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताउनुभयो । उहाँले लुम्बिनीमा विदेशी नागरिकले पवित्र भावनाले प्रदान गरेको दान रकम नसाटिएर कागज बराबर भएकामा पटक–पटकको प्रयासपछि रकम सटही भएर आएको बताउनुभयो ।

नेपाल राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्राको सूचीमा नपरेका देशका पर्यटकले दानवापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन नसकेकामा सिङ्गापुरस्थित सिआइबी बैंकबाट राष्ट्र बैंकको खातामा रु ५४ लाख २९ हजार सात सय ३१ प्राप्त भएको राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक जीवनप्रकाश पाण्डेले बताउनुभयो ।

उहाँले केही मुद्रा पुरानो भएकाले सटही हुन नसकेको उल्लेख गर्दै पठाइएकामध्ये ९० प्रतिशत मुद्रा सटही भएर आएको बताउनुभयो । सोमबार राष्ट्र बैंकको खातामा रकम आएको र अब लुम्बिनी विकास कोषमा रकम पठाइने पाण्डेले बताउनुभयो ।

गत चैत २२ गते कोषका तर्फबाट कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायममुकायम निर्देशक शान्तिप्रसाद पाण्डेबीच मुद्रा सटही गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।