२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कोभिड सङ्क्रमित शिक्षाकर्मीलाई प्याब्सनद्वारा आर्थिक सहयोग

कोभिड सङ्क्रमित शिक्षाकर्मीलाई प्याब्सनद्वारा आर्थिक सहयोग
अ अ+ अ-

काठमाडौं । दोस्रो लहरको कोभिड–१९ महामारी फैलिँदा विद्यालयका प्रिन्सिपल, संस्थापक, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकमा सङ्क्रमण बढ्दै गएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) भक्तपुरले कोभिड ‘आर्थिक सहयोग एवं घरघर स्वास्थ्य सेवा’ अभियान शुरु गरेको छ । 

प्याब्सन भक्तपुरले कोभिड सङ्क्रमित प्याब्सन आबद्ध प्रिन्सिपल, संस्थापक, शिक्षक, कर्मचारीका लागि ‘कोभिड राहत कोष’ स्थापना गरेको छ । प्याब्सन भक्तपुरका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र श्रेष्ठको संयोजकत्वमा कोषाध्यक्ष डिल्लीराज जोशी सदस्य–सचिव तथा उपाध्यक्ष राजन कसपाल, उपाध्यक्ष विणा पाण्डे, प्याब्सन भक्तपुर नगरध्यक्ष रमेशचन्द्र श्रेष्ठ, मध्यपुरथिमि नगरध्यक्ष निलेश आचार्य, सूर्यविनायक नगरध्यक्ष सानुराजा कार्की, चाँगुनारायण नगरध्यक्ष राममणि न्यौपाने, प्याब्सन भक्तपुर नगर कोषाध्यक्ष शिवकुमार कोजु, मध्यपुरथिमि नगर कोषाध्यक्ष सुमन बस्नेत, सूर्यविनायक नगर कोषाध्यक्ष भोला चौधरी, चाँगुनारायण नगर सदस्य राजेश दाहाल सदस्य रहेको प्याब्सन कोभिड राहत कोष गठन गरिएको हो ।

अभियानअन्तर्गत प्याब्सन भक्तपुरले पहिलो चरणमा अस्पतालमा  आइसियू, भेन्टिलेटर र अन्य शय्यामा उपचाररत आफ्ना सदस्य विद्यालयका संस्थापक प्रिन्सिपल, शिक्षक, कर्मचारीलाई आर्थिक सहयोग गरेको प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार अभियानले शय्या अभावमा अस्पतालमा शय्या खोजी, अक्सिजन, प्लाज्मा, औषधि, एम्बुलेन्सको व्यवस्थापन गर्दै आएको छ । 

जिल्ला प्याब्सन भक्तपुरअन्तर्गत सदस्य विद्यालयका १२३ प्रिसिन्पल, शिक्षक, कर्मचारीलाई कोभिड सङ्क्रमण भएर अस्पताल र होमआइसोलेशनमा उपचार गराइरहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । अस्पतालमा रहेकामध्ये केहीको अवस्था जटिल रहेपछि कोष स्थापना गरिएको हो । 

प्याब्सनले दोस्रो चरणअन्तर्गत होम आइसोलेशनमा रहेर स्वास्थ्यलाभ गराइरहनु भएका विद्यालयका संस्थापक, प्रिन्सिपल, शिक्षक, कर्मचारीलगायतलाई ‘घरघर स्वास्थ्य सेवा’ सञ्चालनमा ल्याएको छ । घरमै बसेर सङ्क्रमणसँग जुधिरहेकाहरुका लागि प्याब्सनले दोस्रो चरणको अभियानअन्तर्गत घरमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन शुरु गरेको हो ।

नौलो ज्योति स्कुलका प्रिन्सिपल शिवकृष्ण श्रेष्ठले १० वटा अक्सिजन सिलिण्डर बराबर रु एक लाख ४० हजारसँगै विभिन्न विद्यालयका प्रिन्सिपलको थप सहयोगबाट अभियान सञ्चालनमा आएको छ ।प्याब्सन भक्तपुरको खर्चमा सङक्रमितको घरघरमै गएर निःशुल्करूपमा स्वाब सङ्कलन, रगत सङ्कलन एवं परीक्षण, अक्सिजनको व्यवस्था, आवश्यकतानुसार चिकित्सक, नर्ससहितको चिकित्सकीय सेवा, टेलिफोनबाट चिकित्सकीय परामर्श, एम्बुलेन्स, आवश्यक औषधि उपलब्ध गराउने सेवा शुरु भएको अध्यक्ष अधिकारीले बताए । तत्कालका लागि प्याब्सनले आफ्ना सदस्य विद्यालयका सञ्चालक, प्रिन्सिपल, शिक्षक, कर्मचारीहरुका लागि सञ्चालन गरेको भए पनि अब आमनागरिकका लागि सञ्चालन गरिने भएको छ । 

प्याब्सन भक्तपुरले लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल्स, केन्द्रीय प्याब्सन, भक्तपुर हार्ट एण्ड डाइबिटिज सेन्टर, भक्तपुर चेम्बर अफ कमर्स, भक्तपुर लायन्स सेवा समन्वय समितिलगायतका संस्थासँगको सहकार्यमा अभिभावक, विद्यार्थी र आमनागरिकलाई पनि ‘घरघर स्वास्थ्य सेवा’ अभियान सञ्चालन गर्ने भएको प्याब्सन भक्तपुरका वरिष्ठ उपाध्यक्ष एवं राहत कोषका संयोजक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

कोभिड महामारीबाट सङ्क्रमणमा परेका प्याब्सन सदस्यहरुलाई स्वास्थ्य जोखिमबाट मुक्त गर्न अभियान शुरु भए पनि प्याब्सन अब आमनागरिकमा पनि यो अभियान लिएर जाने भएको उनले बताए ।