२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

युनिटी इज इम्युनिटी, यी ५ वटा मन्त्रलाई आफ्नो जीवनशैली बनाएर अघिं बढौं: डा. रवीन्द्र पाण्डे

युनिटी इज इम्युनिटी, यी ५ वटा मन्त्रलाई आफ्नो जीवनशैली बनाएर अघिं बढौं: डा. रवीन्द्र पाण्डे
अ अ+ अ-

काठमाडौं । दैनिक मृत्यु भएका युवा, बयस्क, देश र समाजलाई चाहिने व्यक्तिव लगायत धेरै जनाको मृत्युको साक्षी बस्नुपर्दा सामाजिक संजाल तथा समाचार हेर्न हिम्मत जुटाउनु पर्ने अवस्था छ । सिकिस्त बिरामीका फोटो, अक्सिजन पाइप लगाएर आइसियुमा उपचाररत संक्रमितका तस्वीर, महामारीको कारण आम जनतामा परेको नोक्सानी तथा सत्ताको लागि नेतामा देखिएको असम्बेदनशीलता आदिको पोट्रेट निरासाजनक छ । 

पक्षधरताको कारण राम्रो कुरामा पनि नकारात्मक टिप्पणी गर्ने परम्परा झनै दिक्कलाग्दो छ । महामारीको समयमा पनि विभाजित मनस्थितिले कसरी बिजयको पताका फहराउन सकिएला ? ३ करोड नेपाली एकजुट भएर तथा विश्व समुदायबाट सक्दो सहयोग प्राप्त गरेर महामारीबिरुद्ध लड्नु पर्ने यो अवस्थामा हाम्रा मन, बचन र कर्म दिग्भ्रमित भएका छन् ।

जनतालाई आशा र आत्मबल चाहिएको छ । त्यो दियोलाई हुरीबाट बचाउन सकेनौं भने यसको दीर्घकालिक असर हुनेछ । यो महामारीले युवा, बयस्क तथा बृद्ध उमेर भनेको छैन । हामीमध्ये जोकोही पनि संक्रमित, अस्पताल भर्ना, आइसीयुमा वा मृतकको सुचिमा पर्न सक्छौं भन्ने हेक्का हरेक व्यक्तिले राख्न सकेमा र तदनुसार ब्यबहार परिवर्तन गर्न सकेमा महामारीको केहि पनि लाग्दैन । 

अहिले जीवन बचाउने ५ वटा मन्त्र छन् – "खोप, जनस्वास्थ्यका मापदण्डको पालना, स्वस्थ्य जीवनशैली, सकारात्मक सोंच र आत्मबल ।" यी पन्चामृत मध्ये कुनै एकको दियो निभ्यो भने हाम्रो जीवन अपुरो तथा जोखिमयुक्त हुन्छ । भनिन्छ – "युनिटी इज इम्युनिटी", यी ५ वटा मन्त्रलाई आफ्नो जीवनशैली बनाएर अघिं बढौं ।

मानसिक शान्तिको लागि सामाजिक संजाल तथा धेरै समाचार हेर्ने बानी स्थगित गरौँ । सिकिस्त, श्रद्धान्जली, संक्रमित आदि नकारात्मक समाचारलाई हाम्रो अबचेतन मनमा बस्न निषेध गरौँ । यो रात छिट्टै ढल्नेछ र सुन्दर बिहानीको उदय हुनेछ ।