३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १२ को परिक्षा रद्द



अ+ अ-

काठमाडौं । भारतले कक्षा १२ को बोर्ड परिक्षा रद्द गरेको छ । कोरोना महामारीका कारण केन्द्रीय माध्यमिक शिक्षा परीक्षा बोर्ड (सीबीएसई) अन्तर्गत रहेको कक्षा १२ को परिक्षा रद्द भएको हो । 

यस अघि विद्यालयले लिएका परीक्षाको आधारमा ८० अङ्क र आन्तरिक क्रियाकलापका आधारमा २० नम्बर  पाउने गरी मूल्याङ्कन गर्ने व्यवस्था गरेर यस वर्षको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा मन्त्री रमेश पोखरियाल निशंकले बताउनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

भारतमा कक्षा १० को परीक्षा यस अघि नै स्थगित भइसकेको छ । कक्षा १२ पछि क्याम्पस अध्ययनका लागि भर्ना हुने समय हुन लागेकोले आन्तरिक मुल्याङ्कनबाटै नतिजा प्रकाशन गर्ने गरी परीक्षा स्थगित गरेको मन्त्री निशंकको भनाइ छ ।

कोरोनाको दोस्रो लहरको चपेटामा रहेको भारतमा अहिले सबै शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितिमा हुने क्रियाकलाप बन्द गरिएका छन् ।