२३ असार २०८३, मंगलवार
,
Latest
अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद्
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ खोप जेठ २५ गतेबाट ६०-६५ वर्ष उमेर समूहलाई लगाइने



symbolic picture of vaccine
अ+ अ-

काठमाडौं । चीनबाट खोप आएलगत्तै खोप अभियान शुरु गरिने भएको छ । यस पटकको चिनियाँ खोप ६०-६५ वर्ष उमेर समूहलाई जेठ २५ गतेबाट दिइने मन्त्री हृदयश त्रिपाठीले बताउनुभयो । 

पाँच दिन भित्र देशभरका सबै जिल्लामा खोप पुर्याइने बताइएको छ । यसअघि ६५ वर्ष माथिकालाई ६३ जिल्लामा र १४ जिल्लामा ५५ वर्षमाथिकालाई खोप दिइएको थियो। 

चीनले अनुदानमा उपलब्ध गराएको कोरोनाभाइरसविरुद्धको १० लाख डोज खोपमध्ये ८ लाख  मंगलबार काठमाडौं आइसकेको छ । बाँकी दुई लाख डोज खोप मध्ये एक लाख डोज खोप पनि चीनको कुन्मिङबाट हिमालयन एअरलाइन्सको विमानले काठमाडौं ल्याएको छ । 

यस्तै १ लाख डोज खोप बुधबार कुन्मिङबाटै हिमालयन एअरलाइन्सकै विमानले ल्याउनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ २५ गतेबाट खोप अभियान शुरु गरिने भएको छ ।