२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मीका लागि मानसिक स्वास्थ्य वेबिनार गरिँदै

अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मीका लागि मानसिक स्वास्थ्य वेबिनार गरिँदै
अ अ+ अ-

 काठमाडौँ । ह्याप्पी माइन्ड्स नामक संस्थाले कोभिड १९ महामारीको बेलामा पनि अग्रपंक्तिमा रहेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीहरुका लागि मानसिक स्वास्थ्य सम्बन्धी वेबिनार आयोजना गर्न लागेको छ । 
 
उक्त वेबिनार यही जेठ २० गते बिहीबार (३ जुन) अपरान्ह ६ बजेदेखि एक घण्टा भर्चुअल मध्यमबाट आयोजना गरिने उक्त संस्थाले जनाएको छ । 
 
नेपालको अग्रणी अनलाइनबजार, दराज नेपालसँगको सहकार्यमा उक्त वेबिनार आयोजना गर्न लागिएको हो । 
 
महामारीको बेलामा पनि अग्रमोर्चामा खटेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीहरुले तनाव, विषादलगायत अन्य मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरु व्यहोरी रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । 

त्यसैले उहाँहरुका व्यावहारिक समस्याबारे जानकारी प्राप्त गरी विज्ञहरुद्वारा परामर्श दिने उदेश्यले उक्त वेबिनार आयोजना गर्न लागिएको ह्याप्पी माइन्ड्स संस्थाकी प्रमुख कार्यकारी श्रीया गिरीले बताइन् ।
 
“उहाँहरुको आवश्यकतालाई ध्यानमा राखी हामी मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका अन्य संस्थाहरुसंग सहकार्य गरी दीर्घकालिन सेवा पुराउन पनि प्रतिबद्ध छौं,“ उनले भनिन् ।
 इच्छुक स्वास्थ्यकर्मीहरुले यो लिंकमा गएर आफ्नो विवरण दर्ता गरे पछि आयोजक संस्था ह्याप्पी माइन्ड्सले जूम लिंक र पास कोड पठाउने छ । 

लकडाउनका कारण आफ्नै कर्मचारीहरुले मानसिक स्वास्थ्य समस्या भोगी रहेको थाहा पाए पछि परामर्श सेवाबारे बुझ्दै जाँदादराजकोह्याप्पी माइन्ड्ससंग सम्पर्क भयो ।  

कोभिड महामारीको बेलामा पनि आफ्नै स्वाथ्यलाइ जोखिममा राखेर रातदिन अग्रपंक्तिमा खटी रहनु भएका स्वास्थ्यकर्मीहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले ‘कर्पोरेट सोसियल रेस्पन्सिबिलिटी’ अन्तर्गत दराजले ह्याप्पी माइन्ड्ससंग मिलेर यो कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।दराजले उक्त वेबिनारमा सहभागी भएर लाभान्वित हुन नेपाल भरिरहेका सबै स्वास्थ्यकर्मीहरुलाई अनुरोध पनि गरेकोछ ।
 
उक्त वेबिनारमा साइकोलोजिस्ट बिनोद पौडेल तथा मानसिक स्वास्थ्य सम्बन्धी नर्स सुस्मिता बोगटीले तनाव, चिन्ता, त्रास, अनिद्रा लगायत विभिन्न मानसिक स्वास्थ्य समस्याबारे स्वास्थ्यकर्मीहरुका जिज्ञासाको जवाफ दिनु हुने छ । 

उहाँहरुले आफ्नो मानसिक स्वास्थ्यको कसरी ख्याल गर्ने तथा कसरी तनाव मुक्त हुनेबारे विभिन्न विधिहरु पनि सिकाउनु हुनेछ।   
 
उक्त वेबिनारमा भाग लिन कुनै शुल्क नलाग्ने र ह्याप्पी माइन्ड्स तथा दराजका फेसबुक पेजहरुबाट पनि प्रत्यक्ष प्रसारण गरिने आयोजक संस्थाले जनाएको छ ।
   
ह्याप्पी माइन्ड्स नेपाल भित्र र संसार भरिरहेका नेपालीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धी परामर्श तथा थेरापी सत्रहरु संचालन गर्ने एक अनलाइन प्लेटफर्म हो । 

उक्त संस्थासँग अनुभवी तथा परामर्श सेवा प्रदान गर्न अनुमति प्राप्त साइकोथेरापिस्टहरु आबद्ध हुनुहुन्छ ।