३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माथिल्लो तामाकोसीको पहिलो टर्बाइनको सफल परीक्षण, ७६ मेगावाट विद्युत् उत्पादन हुने



अ+ अ-

दोलखा । माथिल्लो तामाकोसी आयोजनाको विद्युत् उत्पादनको पहिलो युनिटको परीक्षण सफल भएको छ । बहुप्रतिक्षित स्वदेशी लगानीको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीको पहिलो युनिटको परीक्षण सफल भएको हो । 

म्यानहोल चुहावटलाई पछि मर्मत गर्नेगरी आयोजनाले विद्युत् गृहको टर्बाइनमा पानी पठाएर पहिलो युनिटको सफल परीक्षण गरेको हो । यसलाई विद्युत् उत्पादन अघिको मेकानिकल परीक्षण भनिने आयोजनाका प्रवक्ता गणेश न्यौपानले बताए ।

उनका अनुसार पहिलो युनिटको टर्बाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । यसअघि पेनस्टकको परीक्षणका क्रममा बिर्कोमा चुहावट आएको थियो । ‘सुरुङमा पानी बन्द गरेर पेनस्टकको बिर्कोको मर्मत पछि गर्छौ,’ न्यौपानेले भने, ‘विद्युत् उत्पादन गर्ने सबै युनिटको परीक्षण गर्नेगरी काम भैरहेको छ ।’

बुधबारदेखि दोस्रो टर्बाइनको परीक्षण थालिने उनले जानकारी दिए । आयोजनामा देखिएका समस्या एकै पटक पहिचान गर्न टर्बाइन घुमाएर विद्युत् उत्पादन गर्ने युनिटहरुको परीक्षण थालिएको उनले बताए । 

सबै युनिटको परीक्षणपछि म्यानहोलको बिर्को मर्मत गरेर विद्युत् उत्पादन थालिने प्रवक्ता न्यौपानेले बताए । असार अन्तिमसम्ममा कम्तीमा ३ वटा युनिटबाट २ सय २८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने तालिका राखेर आयोजनाले धमाधम परीक्षण गरिरहेको उनको भनाइ छ ।

आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाले विद्युत् बिक्रीबाट वार्षिक करिब ९ अर्ब रुपैयाँ आम्दानी गर्नेछ ।