५ पुष २०८२, शनिबार
,
Latest
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मी मौसममा लिच्ची खानुका यस्ता छन् फाइदा, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । लिच्ची गर्मीमा पाइने फल हो । यो खाँदा स्वादिलो त हुन्छ नै स्वास्थ्यका लागि लाभदायक पनि हुन्छ । यसमा कार्बोहाइड्रेट, भिटामिन सी, भिटामिन ए र बी कम्प्लेक्स पोटेसियम, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, आइरन र मिनरलहरू पाइन्छन् । गर्मीमा दिनदिनै लिच्ची खाँदा अनेकौं समस्या भाग्छन् । 

फाइदाहरु :
१) बलियो रोगप्रतिरोधात्मक क्षमता
लिच्चीमा बिटा क्यारोटिन, राइबोफ्लेभिन, नियासिन र फोलेट टन्नै हुन्छ । यसले रोगप्रतिरोधक क्षमता बलियो बनाउँछ । पेटसम्बन्धी समस्या भएका मानिसले लिच्ची खाँदा राम्रो हुन्छ ।

२) तौल नियन्त्रण
लिच्चीमा फाइबर पाइन्छ जसले तौल नियन्त्रण गर्न सहयोग गर्छ । छिट्टै मोटोपन घटाउन चाहने मानिसले लिच्ची खानुपर्छ । बिहान लिच्ची खाँदा भोक नियन्त्रणमा रहन्छ अनि पेट पनि भरिएको अनुभव हुन्छ ।

३) पानीको आपूर्ति
लिच्चीको रस पौष्टिक हुन्छ । गर्मीमा शरीरमा पानीको अभाव हुन्छ । लिच्चीले यो अभाव पूरा गर्छ । यसले शरीरलाई चिसो पनि बनाउँछ ।

४) बच्चाको विकास
लिच्चीमा क्याल्सियम, फस्फोरस र म्याग्नेसियम हुन्छ । यसले बच्चाहरूको शारीरिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ । लिच्चीले हड्डीको रोग अस्टियोपोरोसिसलाई रोक्छ ।

५) क्यान्सर
क्यान्सर कोषिकासँग लड्ने गुण लिच्चीमा हुन्छ । दिनदिनै लिच्ची खाँदा क्यान्सरका सेलहरू बढ्न पाउँदैनन् ।

६) गला सफा गर्न
गला खिचखिच गरेर समस्या परेको छ भने लिच्ची खाने गर्नुस् ।

७) पेट
छेरपट्टी, बान्ता, अल्सर र पेट सुन्निने समस्यालाई कम गर्नका लागि लिच्चीको सेवन लाभदायक हुन्छ । लिच्चीले पत्थरीको पीडामा पनि राहत दिन्छ । तर धेरै लिच्ची नखानुस् । त्यसो गर्दा चिलाउने, सुन्निने र सास फेर्न समस्या हुने हुन्छ ।

(एजेन्सीको सहयोगमा)