४ मंसिर २०८१, मंगलवार
,
Latest
धनुष र नयनताराबीचको झगडा बढ्यो, धनुषले मागे १० करोड विद्युत वितरण सुदृढीकरणका लागि नेपाल र जर्मनी सरकारबीच अनुदान सम्झौता कर बक्यौता बर्सेनि बढ्दोः दुई खर्ब ५४ अर्ब उठाउन बाँकी, एक हजार सात सय ५०… खाद्यवस्तुको मूल्यवृद्धि उच्चः राष्ट्र बैंक प्रतिवेदन कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट पाँच उदयीमान खेलाडी छनोट गर्यो रास्वपाले सरकारविरुद्ध टोल–टोलमा ७ मिनेट घन्टी बजाउने विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीबाट सम्मानित छविलाल जोशीलाई काठमाडौँ ल्याइँदै डोटी सवारी दुर्घटनाः क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध सडकको क्षमता भन्दा बढी भार बोक्न नदिने गरी कानूनी प्रवन्ध गर्दैछौँः मन्त्री दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदको विरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा प्रदेशको नाम उल्लेख नभएको भन्दै सांसदहरुले विरोध जनाउनुभएको छ । बजेटमा लुम्बिनी प्रदेशलाई प्रदेश नम्बर पाँच उल्लेख गरिएको भन्दै सांसदहरूले आपत्ति जनाउनुभएको हो ।

सांसदहरु सूर्यबहादुर थापा क्षेत्री, छविलाल विश्वकर्मा, रमेश लेखक, रघुजी पन्तलगायतले विधेयकमा प्रदेशको नाम उल्लेख नभएको विषय उठाउनुभएको थियो । सांसदहरुको विरोधपछि सरकारका तर्फबाट जवाफ दिँदै शहरी विकासमन्त्री सीता गुरुङले प्रदेशको नाम उल्लेख नभएको वा त्रुटी भएको भए सच्याउने प्रतिबद्धता जनाउनुभयो ।

सांसदहरुले भने विनियोजन विधेयकमा प्रदेशको नाम सच्याउन सभामुखमार्फत रुलिङ गर्न माग गरेका थिए । यस विषयमा संसदमा थप विवाद चर्किपछि प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल गर्ने सम्भावित कार्यसूची छ । आजको बैठकमा शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि समूहकृतरुपमा छलफल गरिने कार्यसूची छ ।

विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको आजको छलफलमा शहरी विकास, खानेपानी, अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस् भनी फरक(फरक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

सांसदहरू गोकुलप्रसाद बाँस्कोटा, प्रेम सुवाल, ठाकुरप्रसाद गैरे, सूर्यबहादुर थापा क्षेत्री, स्वर्णीम वाग्ले, प्रभु साह र जुलीकुमारी महतोले खर्च कटौती प्रस्ताव पेश गर्न कार्यसूची छ । रासस