६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चा घोषणा कार्यक्रम सुरु



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)लगायतका राजनीतिक दलद्वारा समाजवादी मोर्चा घोषणा गर्ने कार्यक्रम सुरु भएको छ ।

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा केहीबेरअघि कार्यक्रम सुरु भएको हो । कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायत सहभागी हुनुहुन्छ ।

मोर्चामा नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी हुँदैछन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आज मोर्चा घोषणा गर्ने र त्यसको न्यूनतम अवधारणालाई स्वीकृत गरेको थियो ।