काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५३१६ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आरटी-पीसीआर विधिबाट ४ हजार ५२४ र एन्टिजन विधिबाट ७९२ जना संक्रमित थपिएका हुन् ।
सो अधविमा ७ हजार २१९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
यस्तै बुधबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०१ रहेको छ ।











