११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

कस्तो छ नेपाली फुटबल टोलीको भोलिको तयारी ?

कस्तो छ नेपाली फुटबल टोलीको भोलिको तयारी ?
अ अ+ अ-

काठमाडौं । कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट चरण अन्तर्गत भोली नेपालले पहिलो खेलमा चाइनिज ताइपेइको सामना प्रतिस्पर्धा गर्दैछ । पहिलो लेगमा रोमाञ्चक जित निकालेको नेपालले भोली पनि जित निकाल्दै अघिल्लो चरणको सम्भावनालाई जिवित राख्न चाहन्छ ।

विश्वकप छनोट अन्तर्गत समूह बी मा ४ अवे र १ होम गेम गरि नेपालले हाल सम्म एक खेलमा मात्र जित निकाल्दै तालिकामा तीन अंक बनाएको छ । कुवेतस्थित जबर अल अहमद अन्तराष्ट्रिय रंगशाला चाइनिज ताइपेईविरुद्ध मैदान उत्रदा नेपाल सोही नतिजालाई निरन्तरता दिदै कम्तीमा समूहको चौथो स्थानमा रहेर एसिया कप २०२३ को छनोट सम्भावनालाई जिवन्त राख्न चाहन्छ ।

तर कुवेतको उच्च तापक्रममा खेल्न नेपाल र चाइनिज ताइपेई दुवै टोलीका लागि कठिन हुने अनुमान गरिएको छ । सोही विषयलाई पनि प्रमुख प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले खेल अघि बताएका छन् । यस अघि नेपालले विश्वकप छनोट र एसिया कप छनोटको तयारी भन्दै नेपालले शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । कुवेतको अत्याधिक गर्मी मौसमसँग अभ्यस्त हुनकै लागि नेपालले इराक भ्रमण गरेको थियो । पराजित भए पनि नेपालले बलियो टोलीसँग गरेको प्रदर्शनमा सन्तुष्टि बटुल्दै पैदलमार्गबाट कुवेत प्रस्थान गरेको थियो ।

नेपाल भोली चाइनिज ताइपेईविरुद्ध मैदान उत्रदा उच्च मनोबलका साथ मैदान उत्रने छ । चाइनिज ताइपेइ पनि अघिल्लो खेलमा भोगेको हार विर्सन लक्ष्यका साथ नेपाल विरुद्ध मैदान उत्रिनेछ । चाइनिज ताइपेईका प्रशिक्षक भोम का हुमले कुवेतको मौसममा खेल्न निकै कठिन हुने र कोभिड १९ संक्रमित भएपछि टोली केही महत्वपूर्ण खेलाडीबिनै कुवेत भ्रमणमा निस्किएको बताएका छन् । सोही कारण पनि नेपालको मनोबल उच्च रहनेछ ।  

छनोट चरणको पहिलो खेलमा जोर्डनलाई ७–० को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो । तेस्रो खेलमा भने नेपाल अस्ट्रेलियासँग ५–० ले र चौथो खेलमा जोर्डनसँग ३–० ले पराजित भएको थियो । होम गेमको रुपमा पहिलो खेल खेल्दा न्युट्रल भेन्युको रुमपा रहेको भुटानमा कुवेतसँग १–० ले पराजित भएको थियो ।

फिफा वरियताको १ सय ४१ औ स्थानमा रहेको चाइनिज ताइपेई र १ सय ७१ औ स्थानमा रहेको नेपाल अहिले सम्म दुई पटक आमने सामने भएका छन् । पहिलो खेल सन् २०१९ जुन ६ मा दरशथ रंगशालामा भएको थियो । मैत्रीपूर्ण उत्तः खेलमा १–० ले पछि परेका अवस्था उल्ट्यादै नेपालले १–१ को बराबरी खेलेको थियो । दोस्रो पटक सन् २०१९ सेप्टेम्बर १०  मा चाइनिज ताइपेईको मैदानमा विश्वकप छनोटमा भिडेका थिए । जाहा नेपालले २–० ले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो ।