• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

धरानमा ‘आदिपुरुष’को प्रदर्शन रोक्न हर्क साम्पाङको निर्देशन



काठमाडौं । धरानका उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा ‘आदिपुरुष’को प्रदर्शन रोक्न निर्देशन गरेका छन् । बलिउड चलचित्र ‘आदिपुरुष’को  संवादलाई लिएर चर्को विरोध भईरहदा मेयर साम्पाङले पनि यस्तो निर्देशन दिएका हुन् ।

यसअघि काठमाडौं महानगर र पोखरा महानगरले आदिपुरुषलाई प्रतिबन्ध लगाइसकेका छन् । काठमाडौंका मेयर बालेन शाहले चलचित्रमा रहेको संवाद सच्चाउन तीन दिने अल्टिमेटम दिएका थिए । बालेनले उक्त फिल्म नसच्चाए काठमाडौँमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका थिए ।