७ श्रावण २०८३, बिहीबार
,
Latest
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्रीहरुको क्लव निर्माण गर्नुपर्छ: पृथ्वीसुब्बा गुरुङ



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सातै प्रदेशका मुख्यमन्त्रीहरुको क्लव निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सातै प्रदेशका मुख्यमन्त्रीहरुले आफ्नो अधिकार प्राप्तिका लागि प्रधानमन्त्रीलाई दबाब दिन एउटा क्लव बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले सबै प्रदेशका मुख्यमन्त्री भइसकेपछि फरक पार्टीका हुने र त्यसले प्रधानमन्त्रीलाई प्रदेशका अधिकार काट्नबाट दबाब सिर्जना हुने बताउनु भयो । उहाँले सांसदहरुले मनपरी खर्च गर्ने, आर्थिक नियमावली पालना नगर्ने भन्ने आरोपहरु लाग्ने गरेको भन्दै त्यसमा पनि चनाखो हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सांसदहरुले मनपरी खर्च गर्छ, आर्थिक नियमावली पालना गर्दैनन्, धेरै बेरुजु त्यहीँ देखिन्छ भन्ने गरी गाली गर्दछन्, त्यसैले हामीले आफूलाई पनि ठिक ढंगबाट चलाउनुपर्छ । कमसेकम मुख्यमन्त्रीहरु माथि मन्त्री हुने स्तरका नराख्ने र पार्टीबाट निकालेर दिँदा व्यवस्था बदनाम हुन्छ । हामीले जनताको सेवा पूरा गर्न सकेका छैनौँ । यो बजेटप्रति गाउँपालिका, नेपाल नगरपाकिला संघको गम्भीर असहमति छ । मुख्यमन्त्रीहरुको एउटा संघ बनाएर प्रधानमन्त्रीलाई आफ्नो अधिकारको लागि दबाब दिनुपर्छ । केन्द्र सरकार संघीयताबिरुद्ध लागिरहेको छ भने मुख्यमन्त्रीको क्लवले दबाब दिनुपर्छ ।’

उपमहासचिव गुरुङले सांसदहरुले आफूलाई सच्याएर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।