२३ भाद्र २०८३, मंगलवार
,
Latest
पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आदिपुरुषः चलचित्रको नकारात्मक समीक्षा हटाउन निर्माताले घुस दिएको खुलासा



अ+ अ-

एजेन्सी । ओम राउत निर्देशित फिल्म ‘आदिपुरुष’ सामाजिक सञ्जालमा आलोचित बनेको छ । फिल्म रिलिज भएदेखि नै इन्टरनेटमा यसको चर्को आलोचना भइरहेको छ । टपोरी संवाददेखि लिएर सीतालाई भारतकी छोरी भनेर सम्बोधन गर्नेसम्म फिल्म धेरै विवादमा परेको छ ।

अब यसैसँग जोडिएको अर्को विवाद बाहिर आएको छ । केही रिपोर्टका अनुसार फिल्मको टिमले केही सामाजिक सञ्जाल प्रयोगकर्तालाई फिल्मको नकारात्मक समीक्षा मेटाउने बदलामा घूस दिएको बताइएको छ ।

सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरूले त्यस्ता स्क्रिनसटहरू सेयर गरेका छन् जसमा फिल्मका निर्माताहरूले उनीहरूलाई सामाजिक सञ्जालबाट फिल्मको नकारात्मक समीक्षा हटाउन आग्रह गरिरहेका छन् । त्यसको बदलामा निर्माताले घूस पनि दिने गरेको दाबी गरिएको छ ।

स्क्रिनसट सेयर गर्दै एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्, – केही एजेन्सीहरूले मलाई टी–सिरिज र आदिपुरुषको तर्फबाट सन्देश पठाइरहेका छन् र मेरो ट्वीटहरू मेटाउन आग्रह गरिरहेका छन् । बदलामा मलाई पैसा पनि दिने बताइएको छ । माफ गर्नुहोस्, तपाईं मानिसहरू गलत व्यक्तिसँग कुरा गर्दै हुनुहुन्छ ।’

अर्कोतर्फ, यी सबै विवादका बीच फिल्मले पहिलो दिन विश्वभर १४० करोडको कलेक्सन गरेको छ । ओम राउत निर्देशित यस फिल्ममा प्रभास, सैफ अली खान र कृति सेनन महत्वपूर्ण भूमिकामा छन् ।