२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटः नेपाल र जिम्बावे भिड्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आज आईतबारबाट सुरु हुँदैछ ।

पहिलो दिन नेपालले घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ । खेल जिम्बावेमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।

जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल रहेको छ ।

नेपाल र जिम्बावेले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेका छन् । २०१८ मा जिम्बावेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच खेल भएको थियो ।

२०१८ को विश्वकप छनोटको समयमा नेपालसँग ओडिआई मान्यता नरहेकाले उक्त खेल लिस्ट ए मान्यताको भएको थियो । नेपाल जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो ।

ओडिआई विश्व वरियतामा नेपाल १५ औं र जिम्बावे ११ औं स्थानमा छन् ।

समूह एः नेपाल, जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका

समूह बीः श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र युएई

नेपालको टोलीः कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी., ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।